गृहपृष्ठ गुल्मीका युवा जि.सिले बुटवलमा सुरु गरे अनलाइन जुता ब्यबसाय,ग्राहाकको आकर्षण बढ्ने संकेत
गुल्मीका युवा जि.सिले बुटवलमा सुरु गरे अनलाइन जुता ब्यबसाय,ग्राहाकको आकर्षण बढ्ने संकेत

विभिन्न सामाजिक सेवामा सक्रिय गुल्मी आँपचौरका सन्दिप जि.सी पश्चिम क्षेत्रमा एक चिरपरिचित नाम हो।उनको क्षमता र प्रतिभा देखेर धेरै मानिस लोभिने पनि गर्दछन्।उनले गीत संगीत क्षेत्रमा पनि आफ्नो काविलता सावित गरिसकेका छन् भने सामाजिक क्षेत्रको लोककल्याणकारी कार्यमा पनि उत्तिकै सक्रिय छन्।
जि.सी लोक दोहोरी गीत प्रतिस्ठान गुल्मी शाखाका कार्यसमिति सदस्य छन्। गुल्मीका युवाहरुलाई गोलबन्द गरेर खेलकुद क्षेत्रमा अघि बढाउन उनले अग्रणी भुमिका निर्वाह गर्दै आइरहेका छन्। रास्ट्रिय खेल भलिबल खेल गुल्मी आँपचौरको टिम शिक्षक तथा गुल्मी जिल्लाकै टिम म्यानेजर भएर पनि उनले खेलाडीहरुलाई प्रशिक्षण दिने,प्रेणा प्रदान गर्ने तथा खेलकुद क्षेत्रमा सुनौलो भबिस्य निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन्।
उनै होनहार एवं लोकप्रिय युवा जि.सीले भर्खरै बुटवलमा click shoes online shop butwal नामक अनलाइन ब्यबसाय सुरु गरेका छन्।पछिल्लो समय ग्राहकहरुको अनलाइन सोपिङप्रती आकर्षण बढ्दो छ।कोरोना माहामारीले गर्दा सबै क्षेत्र अस्तब्यस्त जस्तै छ।
यो जटिल अवस्थामा स्वास्थ्यमा पनि समस्या नपर्ने र सुरक्षित तवरबाट आफुले मन परेको सामान घरमै आउने भरपर्दो माध्यम अनलाइन खरिदबिक्री भएका कारण अनलाइन ब्यबसाय सुरु गरेको जीसीले नमूना नेपाललाई बताए।
उनका अनुसार विभिन्न ब्रान्ड तथा कम्पनीका जुता र मोजा अनलाइनमा उपलब्ध हुने छन् भने ग्राहकले मन परेको जुता,मजा लगायत अर्डर गर्न सक्ने छन्।अनलाइनमा खरिद गरेपछि ग्राहकको सम्बन्धित घरमै यथासक्य छिटो पुर्याउने ब्यबस्था समेत गरेको जि.सीले जानकारी दिए।