गृहपृष्ठ गुल्मीका विभिन्न स्थानमा भीषण पहिरो, पहिरोका कारण २ को ज्यान गयो
गुल्मीका विभिन्न स्थानमा भीषण पहिरो, पहिरोका कारण २ को ज्यान गयो

गुल्मीमा परेको अविरल बर्षाका कारण विभिन्न स्थानमा भीषण पहिरो गएको छ।
पहिरोका कारण २ बालबालिकाले ज्यान गुमाएका छन् भने १ जना बेपत्ता भएका छन्।अन्य घाइते ५ जनाको हेलिकप्टरबाट उद्धार गरी जिल्ला अस्पताल तम्घास लगिएको प्रहरी उपरीक्षक केदार राज पन्तले जानकारी दिए।
जिल्लाको इस्मा गाउँपालिका-१ हस्तिचौर माल्दिमा पहिरोले घर बगाउँदा डेड बर्षिय बालक सिजन सारु र ७ बर्षिय अपेक्षा खत्रीको मृत्यु भएको हो।
बेपत्ता भएकी सिर्जना खत्री फेला परेकी छिन् भने उनको अवस्था गम्भीर रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।
उता मुसिकोट नगरपालिकाको विभिन्न वार्डमा पनि पहिरोले क्षति पुर्याएको छ।नगरपालिकाको वार्ड नम्बर २ मा पर्ने पल्लाकोट,खस्कोट,देउराली लगायत का ठाउँमा पहिरो जादा ठुलो जन-धनको क्षति भएको छ।
सोही वार्डमा पसल बगाउँदा एक जना बेपत्ता भएको नगरपालिका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए।
बेपत्ताको खोजीकार्य जारी रहेको जनाइएको छ।पहिरोका कारण धेरै स्थानहरुमा घरहरु जोखिममा रहेकाले त्यहाँका स्थानीय बासिन्दाहरुलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।