गृहपृष्ठ गुल्मीका शिक्षक सापकोटा अल्पायुमै अस्ताए,शिक्षा क्षेत्रमा अपुरणिय क्षति
गुल्मीका शिक्षक सापकोटा अल्पायुमै अस्ताए,शिक्षा क्षेत्रमा अपुरणिय क्षति

पछिल्लो समय कोरोना महामारीबाट आम मानिस आक्रान्त बनेका छन्।परिकल्पना भन्दा बाहिर रहेर मानिसहरुको ज्यान गैरहेको छ।
के बच्चा ,के जवान ,के बुढापाका सबैजसो कोरोना रोगबाट बिक्षिप्त बनेको खबर सार्वजनिक भैरहेको छ।
यहीँ कोरोना महामारीबाट गुल्मीका लोकप्रिय शिक्षक बुद्धि सापकोटाले पनि अल्पायुमै ज्यान गुमाउनु परेको छ।
गुल्मीको वामीटक्सारमा रहेको आदर्श उच्च माध्यमिक बिधालयमा अध्यापनरत शिक्षक सापकोटाको कोरोना संक्रमणका कारण निधन भएको हो।
विगत केही दिन अगाडिदेखि चितवनको एक अस्पतालमा उपचाररत सापकोटा निमोनिया, ज्वोरो र रुखाखोकीबाट ग्रसित रहेको बताइएको छ।
शिक्षक सापकोटा अभिवावक र बिद्यार्थीबीच निकै लोकप्रिय रहेका थिए।उनको निधनको खबरले समग्र गुल्मीबासीनै स्तब्ध बनेका छन् भने शिक्षा क्षेत्रले असल र इमान्दार शिक्षक गुमाएको छ।