२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ गुल्मीको आँपचौर कोरोनाको हट स्पट बन्दै,२० जनामा देखियो कोरोना पोजेटिभ,अरु धेरै संक्रमित हुन सक्ने

गुल्मीको आँपचौर कोरोनाको हट स्पट बन्दै,२० जनामा देखियो कोरोना पोजेटिभ,अरु धेरै संक्रमित हुन सक्ने

कोरोना महामारीको चपेटामा परेको नेपाल लयमा फर्कने प्रयासरत छ।पछिल्लो समय कोरोना संक्रमण दर तराइका जिल्लाहरुमा भन्दा पहाडी जिल्लाहरुमा अधिक देखिएको छ।

यसै क्रममा गुल्मीको चर्चित ठाउँ मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौर पनि कोरोनाको हट स्पट बन्दै गएको छ।त्यस क्षेत्रमा कोरोना संक्रमणदर ह्वात्तै बढेको छ।

पछिल्लो २,३ दिनमा मात्रै पिसिआर परिक्षण गर्दा २० जनामा कोरोना पोजेटिभ देखिएको छ।जेठ २४ गते परिक्षण गर्दा ५ जना पुरुष र ३ महिलामा कोरोना पोजेटिभ देखिएको थियो भने जेठ २७ गते परिक्षण गर्ने क्रममा ५ पुरुष र ७ महिलामा कोरोना पोजेटिभ देखिएको वडा सदस्य गोविन्द खरेलले जानकारी दिए।

अहिलेसम्म मुसिकोट नगरपालिका मात्रै १०० भन्दा माथी सक्रिय संक्रमित रहेको र कोरोनाका कारण ६ जनाको ज्यान गएको मेयर सोमनाथ सापकोटाले नमूना नेपाललाई जानकारी दिए।

अझै पनि धेरै मानिसहरु ज्वोरो आएपनि डरका कारण परिक्षण गर्न नआएको बताइएको छ।समयमै थप सावधानी नअपनाए स्थिति निकै नाजुक हुन सक्ने आँपचौर निवासी एवं सक्रिय युवा सन्दिप जिसि बताउछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु