२०८० मंसिर २५ गत सोमवार | December 11, 2023

गृहपृष्ठ गुल्मीको चर्चित धार्मिक स्थल कोटेश्वरको विशेष भजन बजारमा आँउदै

गुल्मीको चर्चित धार्मिक स्थल कोटेश्वरको विशेष भजन बजारमा आँउदै

गुल्मीमा चर्चाको केन्द्रमा रहेको कोटोश्वर धार्मिक स्थललाई समेटेर विशेष भजन गीति सङ्ग्रह बजारमा आउने भएको छ।

विभिन्न पर्वमा मेला लाग्ने र पुजा, आरधना गरिने कोटेश्वर धार्मिक स्थल धेरै बर्षदेखिनै चर्चाको केन्द्रमा रहँदै आएको छ।

गुल्मीका युवाहरु हाल जापानमा कार्यरत तुलाराम तिवारी ,किरण खरेल ,बिष्णु अर्यालको निर्माण र अस्ट्रेलियामा कार्यरत सुरेश अर्यालको विशेष सहयोगमा एल्बम बजारमा आउन लागेको बताइएको छ।

गीतमा स्वर ,शब्द चर्चित युवा गायक ओम सेन्चुरीको रहेको छ भने महिलातर्फ लक्ष्मी खड्काको समधुर आवाज रहेको छ।गीतको लय निर्माण सर्जक महेन्द्र भण्डारीले गरेका छन् भने निर्देशन तथा दृश्य निर्माण महेन्द्र कौशलको रहेको छ।

गीतमा धार्मिक स्थलको ईतिहास,महत्व,सस्कृती र परम्पराका बिषयमा महत्वकासाथ प्रस्तुत गरिएको निर्माणकर्ता किरण खरेलले जानकारी दिए।

भजनमा निकै रोचक र मन्त्रमुग्धपार्ने शब्द र टुक्का रहेको जनाइएको छ।गुल्मीको मुसिकोट नगरपालिका आँपचौरमा रहेको यस धार्मिक स्थललाई थप चिनाउन र विकासमा टेवा पुर्याउन यस किसिमका भजनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।


निकट भबिस्यमा बजारमा आउन लागेको यस गीति सङ्ग्रहले सम्पूर्ण दर्शक र श्रोताको मन जीत्न सफल होस्।नमूना नेपाल अनलाइन खबरको तर्फबाट हार्दिक शुभकामना ……

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु