गृहपृष्ठ गुल्मीको जिल्ला प्रमुखमा पहिलोपटक महिला
गुल्मीको जिल्ला प्रमुखमा पहिलोपटक महिला

गुल्मीमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी (सिडिओे) रुपमा आएकी छन्। जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा महिला सिडिओे) रुद्रादेबी शर्मा रामेछाप जिल्ला प्रशासन कार्यालयबाट सरुवा भइ आएकी हुन्।
११ महिनासम्म रामेछाप जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्मा ३९ औं प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भई गुल्मीमा बिहिवार आएकी हुन्।
यस अघिका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको गृहमन्त्रालयमा सरुवा भएपछि जिल्लाको हकमा पहिलो पटक महिला (सिडिओे) आएकी हुन्।जिल्लामा प्रमुख जिल्ला अधिकारी रहेको ५० वर्षे ईतिहासमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी (सिडिओे) पाएको हो।
२०२७ सालदेखि प्रमुख जिल्ला अधिकारी (सिडिओे) रहेको इतिहासमै महिला भने आएका थिएनन्।जिल्लाको लामो इतिहासमै ३९ औं प्रमुख जिल्ला अधिकारी (सिडिओे) रुपमा महिला आएकी हुन्।
जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमाा कार्यभार सम्हालेकी प्रमुख जिल्ला अधिकारी शर्माले जिल्ला स्थित बिभिन्न क्रियाशिल राजनैतिक दल, पत्रकार, संघसंस्थाहरुका प्रमुखहरुसँग परिचयात्मक कार्यक्रम र जिल्लाको वस्तुस्थितिको बारेमा समेत जानकारी लिएकी छन्।