२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ गुल्मीको डाँसिकोटमा भब्य सांस्कृतिक,पुनर्मिलन कार्यक्रम सहित देवी लिला महोत्सव हुने

गुल्मीको डाँसिकोटमा भब्य सांस्कृतिक,पुनर्मिलन कार्यक्रम सहित देवी लिला महोत्सव हुने

गुल्मीको डाँसीकोट आफैमा सुन्दर ठाउँ ,मनोरम नगरी।प्राकृतिक सुन्दरताको अनुपम स्थल।मुसिकोट नगरपालिका वार्ड नम्बर -९ अन्तर्गत पर्ने डासिकोटमा रहेको त्यो अदभूत अलौकिक खड्कभूमि कालीका मन्दिर।

ऐतीहासिक ,पौराणिक कथा बोकेको धार्मिक स्थल।त्यहीँ पवित्र धार्मिक स्थलमा भब्य धार्मिक,सांस्कृतिक ,पुनर्मिलन कार्यक्रम सहित देवी लिला महोत्सव हुने भएको छ।

असोज २८ गतेदेखि कार्तिक ४ गते सम्म विभिन्न पाठ पारायण,भजन -कृतन सहित धार्मिक अनुष्ठान हुने आयोजक मुल समारोह समितिका अध्यक्ष रामकृष्ण कंडेलले जानकारी दिए।

उक्त कार्यक्रममा वुद्धिजीवी ,राजनीतिकर्मी,शिक्षक,
विधार्थी,पत्रकार ,एवं सम्पूर्ण भक्तालुहरुलाई उपस्थित हुन आयोजकले विशेष अनुरोध गरेका छन्।

स्थानीय धर्म,संस्कृती ,कला र परम्परालाई थप अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको अध्यक्ष कंडेलले बताए।कार्यक्रमलाई थप प्रभावकारी र सभ्य बनाउन देश -विदेशमा रहनुहुने सम्पूर्ण गुल्मबासीलाई हातेमालो गर्न उनले विशेष आग्रह समेत गरेका छन्।

सो कार्यक्रमलाई सफल बनाउन सहयोगी मनहरुले आर्थिक सहयोग पनि गरिरहेको अध्यक्ष कंडेल नमूना नेपाललाई जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु