गृहपृष्ठ गुल्मीको मजुवामा बन्ने भयो”तुराङ बहुप्राविधिक विद्यालय,शिक्षा मन्त्रालयद्वारा स्वीकृत
गुल्मीको मजुवामा बन्ने भयो”तुराङ बहुप्राविधिक विद्यालय,शिक्षा मन्त्रालयद्वारा स्वीकृत

गुल्मीको मजुवामा तुराङ बहुप्राविधिक विद्यालय बन्ने भएको छ।गुल्मी १.का संघिय सभासद तथा परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीको पहलमा मजुवामा तुराङ बहुप्राविधिक विद्यालय स्वीकृत भएको हो।
बहुप्राविधिक विद्यालय स्वीकृत भएकोमा मन्त्री ज्ञवालीले सामाजीक संजाल मार्फत खुशी व्यक्त गरेका छन्।
डिप्लोमा इन कृषि ( वाली विज्ञान), डिप्लोमा इन कृषि ( पशु विज्ञान) र डिप्लोमा इन सिभिल इन्जिनीयरिंग पढाइ हुने गरी तुराङ बहुप्राविधिक विद्यालय स्वीकृत भएको हो।
विद्यालय बन्ने भएपछि त्यस आसपासका बासिन्दा लगायत समग्र गुल्मीबासीमानै खुशियाली छाएको छ।