गृहपृष्ठ गुल्मीको मुसिकोटमा एलायन्स क्लब गठन,अध्यक्षमा रामकृष्ण कंडेल चयन
गुल्मीको मुसिकोटमा एलायन्स क्लब गठन,अध्यक्षमा रामकृष्ण कंडेल चयन

गुल्मीको मुसिकोट नगरपालिकामा एलायन्स क्लब गठन भएको छ।एलायन्स क्लबको अध्यक्षमा सामाजिक व्यक्तित्व रामकृष्ण कंडेल चयन हुनुभएको छ।
वामीटक्सार स्थित रुद्रावती वहुमुखी क्याम्पसको सभाहलमा आयोजित ऐतिहासीक प्रथम भेलाले रामकृष्ण कंडेलको अध्यक्षतामा एलायन्स क्लव अफ गुल्मी मुसिकोट को कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो।
कार्य समितिको उपाध्यक्षमा चन्द्र खरेल, भुपेन्द्र रायमाझी र सावित्रा विष्ट रहनु भएको छ।यसैगरी सचिवमा विमल छन्तेल,कोषाध्यक्षमा प्रविना परियार जनसम्पर्क अधिकृत (PRO) मा नारायण सापकोटा चयन हुनुभएको छ।
सदस्हरूमा क्रमश रेशम कुँवर,धर्मेन्द्र नेपाली,लेखनाथ कंडेल, वावुराम अधिकारी,सन्दिप खत्री,अमर रेश्मी, सुन्दर प्रधान,राजेश रायमाझी रहनु भएको छ।
समाजसेवि व्यक्तित्वहरू अग्निधर लोहनी,नारायण वहादुर थापा,नरेशराज खरेल,लोकबहादुर कार्की,बोमबहादुर छन्तेल,बिष्णुध्वज खाती र चुरावहादुर खत्री लाई सल्लाहकारमा चयन गरिएको छ।
क्लबका कामहरू लाई व्यवस्थित ढंगवाट अगाडि बढाउनका लागि प्रथम भेला बाट विभिन्न विभाग र विभाग प्रमुख चयन गरिएको छ।
जसमा कृष्ण बिश्वकर्मा बोर्ड अफ डाईरेक्टर,डिल्लीराज अर्याल को संयोजकत्वमा अर्न्तराष्ट्रिय सम्पर्क विभाग,बोम बहादुर छन्तेलको संयोजकत्वमा प्रशिक्षण तथा स्कुल विभाग, सामाजिक विभागमा चन्द्र घर्ती चयन हुनुभएको छ।