२०७९ माघ २१ गत शनिवार | February 04, 2023

गृहपृष्ठ गुल्मीको शान्तिपुरमा आगलागी ,१५ बर्षिय किशोरको ज्यान गयो

गुल्मीको शान्तिपुरमा आगलागी ,१५ बर्षिय किशोरको ज्यान गयो

गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरको बसपार्कमा रहेको किराना पसलमा सोमबार दिउँसो आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ ।

बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्‍चालक पूर्ण खनालका छोरा १५ वर्षीय समिर खनालको मृत्यु भएको हो । आगलागीमा परेर एकै परिवारका तीन जना घाइते भएको चन्द्रकोट प्रहरी चौकीका इन्चार्ज रामप्रसाद धबलले बताए ।

उनिहरुले पसलबाट पेट्रोल ,डिजेल ,मट्टीतेल समेत बिक्री गर्दै आएका थिए।उक्त कारण पनि आगो नियन्त्रणमा आउन समय लागेको त्यहाँका स्थानीय बासिन्दाले बताए।घाइतेहरूलाई उपचारकालागि पाल्पा मिसन हस्पिटलमा लगिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु