गृहपृष्ठ गुल्मीमा सुरक्षाकर्मिहरुलाई पीपीई हस्तान्तरण गरियो
गुल्मीमा सुरक्षाकर्मिहरुलाई पीपीई हस्तान्तरण गरियो

गुल्मीमा सुरक्षाकर्मीहरुलाई पीपीई हस्तान्तरण गरिएको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को जोखिम न्यूनीकरणका लागि फ्रन्टलाइनमा रहि काम गरिरहेका जिल्लाका सुरक्षाकर्मीहरुलाई पिपिई हस्तान्तरण गरिएको हो।
नेपाली काँग्रेस गुल्मी–काठमाडौं सम्पर्क समिति अन्तर्गत गठित विपद व्यवस्थापन समितिको सहयोगमा नेपाली कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई ३९ थान पीपीई हस्तान्तरण गरेका हुन्।
नेपाली कांग्रेस गुल्मीका पूर्व पार्टी सभापति त्रैलोक्य प्रताप सेन, पार्टी उप(सभापति विष्णुप्रसाद बलाल, सचिव खिलध्वज पन्थी, कोषाध्यक्ष हरि केसि ,शालिक पन्थी लगायतका जिल्लास्थित कांग्रेस नेताहरु र नेपाली काँग्रेस गुल्मी–काठमाडौं सम्पर्क समिति अन्तर्गत गठित विपद् व्यवस्थापन समितिका सदस्य सन्तोष पाण्डेको उपस्थितिमा प्रजिअ शर्मालाई पीपीई हस्तान्तरण गरिएको थियो।
पीपीई हस्तान्तरण गर्दै सभापति श्रेष्ठले कोरोनाको जोखिमका बिच फ्रन्टलाइनमा रहेर काम गर्ने सुरक्षाकर्मीलाई सजिलो होस् भन्ने उद्देश्यले नेपाली कांग्रेस गुल्मीको पहलमा नेपाली कांग्रेस गुल्मी(काठमाण्डौ सम्पर्क समितिले पिपिई पठाएको बताए।
उनले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० लाई मध्यनजर गर्दै हस्तान्तरण गरिएको पीपीईले सुरक्षाकर्मीलाई ठूलो सहयोग पुग्ने बताए । कार्यस्थलमा यसको भरपूर प्रयोग गर्न पनि आग्रह गरे । प्रमुख जिल्ला अधिकारी शर्माले पीपीई उपलब्ध गराएर सहयोग प्रदान गरेको प्रति नेपाली कांग्रेस गुल्मी(काठमाडौँ सम्पर्क समिति र गुल्मी कांग्रेसलाई धन्यवाद दिए।
यस अघि नेपाल प्रेस युनियन गुल्मी मार्फत जिल्लामा क्रियाशिल पत्रकारहरुलाई ३५ थान पीपीइ हस्तान्तरण गरिएको नेपाली काँग्रेस गुल्मी–काठमाडौं सम्पर्क समिति अन्तर्गत गठित विपद् व्यवस्थापन समितिका संयोजक योगराज कंडेलले जानकारी दिए ।
उनले नपुग अन्य स्वास्थ सामग्री छिट्टै पठाउने बताए । साथै पिसिआर प्रविधिबाट स्वाब परिक्षण गरि कोभिड १९ को महामारीबाट सचेत रहन र यसको नियन्त्रणमा बल पुगोस भन्ने मनशायले नेपाली कांग्रेस गुल्मी(काठमाडौँ सम्पर्क समितीको बिपद ब्यबस्थापन समितीका संयोजक योगराज शर्मा कंडेलले यस सम्बन्धि आधारभुत अवधारणा निर्माण गर्नुभएको हो।
सोही बमोजिम गुल्मीमा एऋच् प्रविधी स्थापना गर्ने काम अगाडि बढाइएको छ। कंडेलको अवधारणा पत्र गुल्मी जिल्ला बिपद ब्यबस्थापन समितिको कार्यालयमा उपलब्ध गराई यो प्रविधिलाई स्थापना गर्ने सम्बन्धमा स्पष्ट मार्गनिर्देशन गरिएको छ।