२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ गुल्मी आँपचौरका लोकप्रिय भलिबल खेलाडी बि.कको उपचारमा सहयोग जुटाउन अपिल

गुल्मी आँपचौरका लोकप्रिय भलिबल खेलाडी बि.कको उपचारमा सहयोग जुटाउन अपिल

गुल्मी आँपचौरका भलिबल खेलाडी बिनोद बि.कलाई क्यान्सर पुष्टी भएपछि उपचारमा सहयोगका लागि अपिल गरिएको छ।

मुसिकोट नगरपालिका वडा नं ५ स्थायी घर भई जिल्ला तथा प्रदेश स्तरमा भलिबल खेल खेल्दै आईरहेका बि.कलाई क्यान्सर रोग पुष्टी भई हाल भरतपुर स्थित बि.पि कोईराला मेमोरीयल क्यान्सर अस्पतालमा उपचार गरिरहेका छन् ।

घरको आर्थिक अवस्था निकै कमजोर रहेको र उपचारमा ठुलो खर्च लाग्ने भएपछि अहिले विभिन्न व्यक्तिहरुले उनको सहयोगार्थ सहयोग सकंलन अभियान सञ्चालन गरिरहेका छन्।

देश-विदेशबाट राम्रै सहयोग रकम उठिरहेको अभियानमा संलग्न सुरज तिवारी र सन्दीप जीसीले जानकारी दिए।उम्दा भलिबल खेलाडी बि.कको जीवन रक्षा गर्न सके खेल क्षेत्रले आगामी दिनमा उनीबाट महत्त्वपूर्ण योगदान पाउनेमा दुई मत छैन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु