२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ गुल्मी मुसिकोटका घिमिरेको पोर्चुगलमा असामयिक निधन

गुल्मी मुसिकोटका घिमिरेको पोर्चुगलमा असामयिक निधन

गुल्मी समाजद्वारा आर्थिक सायताका लागि अपिल

पोर्चुगलमा पुनः एक पछि अर्को नेपालीको निधन भएको छ।गुल्मी मुसिकोटका बाबुराम घिमिरेको जनवरी ४ तारीखमा असामयिक निधन भएको हो।

३० बर्षिय घिमिरे विगत ४ बर्षदेखी पोर्चुगल बस्दै आइरहेका थिए।पोर्तोको एक रेस्टुरेन्टमा काम गर्दै आइरहेका घिमिरेको अचानक मृत्युको खबरले सम्पूर्ण नेपाली समुदाय तथा गुल्मीबासी स्तब्ध भएका छन्।

पोर्चुगलमा कामको समस्या ,आर्थिक उन्नतिमा बाधा तथा घरपरिवारको अपेक्षालाई पूरा गर्न नसक्दा कतिपय नेपालीमा नैराशयता एवं मानसिकरुपमा समस्या देखिने गरेको छ।

बाबुरामको हकमा पनि अपेक्षा र आवश्यकता पूरा गर्न नसक्दा उनी आत्महत्या सम्म पुगेको हुन सक्ने उनका निकटस्त साथीहरु बताउछन्। मृतकको शव ब्यबस्थापनका सन्दर्भमा गुल्मीसमाज पोर्चुगलले आर्थिक सहयोगका लागि विशेष अपिल गरेको छ।

समाजका वरिष्ठ उपाध्यक्ष अमृत रिजालका अनुसार जति सक्दो आर्थिक सायता जुटाएर शब ब्यबस्थापनका लागि तयारी गरिएको छ।सचिव अनुप मगरले सम्पूर्ण गुल्मीबासिलाई एकताबद्ध भएर सहयोग गर्न विशेष आग्रह गरेका छन्।

रकम जम्मा गर्न चाहनेका लागि खाता निम्न रहेको छ। खाता नम्बर :PT50003300004548441239705

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु