गृहपृष्ठ गुल्मी मुसिकोटका वडाध्यक्षले गरे आत्महत्या,मृत्युअघि यसरी लेखेका थिए सामाजिक संजालमा
गुल्मी मुसिकोटका वडाध्यक्षले गरे आत्महत्या,मृत्युअघि यसरी लेखेका थिए सामाजिक संजालमा

रामकृष्ण कंडेल ,गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडानं १ का वडाध्यक्ष मोहन घिमिरेले आत्महत्या गर्नुभएको छ। मुसिकोट नगरपालिका वडानं १ को घम्पुङ झॅाक्रिकाथान नजिक मोटरबाटो भन्दा केहि तल्तिर दबदबेको रूखमा घिमिरेको शरिर झुन्डिएको अवस्थामा भेटिएको हो।
घटनास्थल भन्दा केही टाढा बस्ने घरधनीले प्रयोग गर्ने धारोमा पानी नआएपछी पानी बनाऊन जाँदा आज बिहान घिमीरे झुन्डिएको देखेपछी उक्त घटनाको पुष्टिहुन सकेकोहो।
वडाध्यक्ष घिमिरेले आज बिहान करिब ४ः३० तिर आफ्नो फेसबुक वाल बाट आफ्नो जिवन संगिनी,भाई साथीहरू लाई संबोधनगरी अल बिदा भन्दै पोष्ट गरेको स्टाटसले सबै लाई एकाएक दुखित बनायो।
स्टाटस पढ्दा त्यो कसैले पताऊनै नसकिने खालको थियो।देश बिदेश बाट यो सत्य साबित नहोस भनेर प्रार्थना सहितका कमेन्टहरु आईनै रहे।धेरैलाई लाग्यो कसैले यो आईडि ह्याक गरेर गलत गरिरहेको छ,लेखिरहेको छ तर जेनहुनु थियो,जे नसुन्नु थियो,जे नदेख्नुथियो त्यो भएरै छाड्यो।
हिजो सॅाझ ७ बजे वडाध्यक्ष घिमिरे संग अमराईमा आफ्नो भेट भएको उहॅाका साथी जगत के सी बताऊनुहुन्छ।हिजो दिनभर संगै रहेका स्थानिय रामराज घिमिरे भन्नुहुन्छ’के यस्तो सुन्न र देख्न परो मत अचम्म परिरहेको छु’।
वडाध्यक्ष घिमिरेको स्टाटस थाहापाएपछी उनलाई तत्काल बिभिन्न स्थानहरूमा खोजिगरेता पनि भेट्टाऊन नसकेको रामराज बताऊनुहुन्छ।
हिजो राती करिब २ बजे सम्म घिमिरे वडानं १ थामडॅाडामा रहेको बुझिएको छ।यति अबेर सम्म घरमा नगई घरबाहिर रहनुको कारण के होला सबैको चासो यता तर्फ छ।नेपाली कांग्रेस मुसिकोट नगर कार्य समितिको सभापति समेत रहनुभएको युवा नेता घिमिरेको मृत्युले यस क्षेत्र शोकमग्न देखिएको छ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यलय गुल्मी बाट प्रहरीहरू आई मुचुल्का बनाए पश्चात पोष्टमार्टम रिपोर्टका लागि घिमिरेको शब लाई तम्घास लाने कार्यक्रम छ।
मृतक घिमिरेका १ छोरी, श्रीमती अनिता र बृध्द बिरामी बुवा हुनुहुन्छ।३८ बर्षकै कलिलो उमेरमा मुसिकोट नगरपालिकाकै चर्चित युवा नेता घिमिरेको मृत्युले सबैमा पिडा थपेको छ।