गृहपृष्ठ गुल्मी समाज पोर्चुगलको उदारहणिय कार्य,अक्सिजन प्लान्ट निर्माणका लागि ठूलो धनराशि सहयोग
गुल्मी समाज पोर्चुगलको उदारहणिय कार्य,अक्सिजन प्लान्ट निर्माणका लागि ठूलो धनराशि सहयोग

गुल्मी समाज पोर्चुगलले गुल्मीमा अक्सिजन प्लान्ट निर्माणका लागि ठूलो धनराशि सहयोग गरेको छ।नेपाल पत्रकार महासंघ गुल्मी शाखाले निर्माण अभियानका लागि विशेष अगुवाइ गरेको थियो।
गुल्मीका चर्चित पत्रकार मोहन बस्नेत मार्फत समाजले १ लाख २७ हजार ७ सय ४५ रुपैयाँ सहयोग गरेको हो।पोर्चुगलमा रहेका गुल्मेलीहरुको सहयोगमा उक्त रकम जुटाइएको हो।
देशमा कोरोना महामारी तीब्र रुपमा फैलिरहेको सन्दर्भमा गुल्मीका बिरामीको लागि अक्सिजन अभाव नहोस् भन्ने उद्देश्यले उक्त प्लान्ट निर्माण गर्न लागिएको जनाइएको छ।
कोरोना महामारीका बेला कम्तीमा पनि गुल्मीका जनताले अक्सिजन अभावमा ज्यान गुमाउन नपरोस् भन्ने हेतुले हामीले सहयोग रकम यहाँबाट पठाएका हौं -समाजका अध्यक्ष युबराज पन्थीले भने।
आगामी दिनमा पनि यस्तै कल्याणकारी कार्यलाई निरन्तरता दिने समाजका सचिव अनुप मगरले नमूना नेपाललाई जानकारी दिए।अक्सिजन प्लान्ट भने गुल्मीको सदरमुकाम तम्घासमा बनाउन लागिएको छ।