गृहपृष्ठ गुल्मी समाज पोर्चुगलको त्यो तीज विशेष कार्यक्रम ,जसले उपस्थित सम्पूर्ण नेपालीहरुलाई एकछत्र झुमायो
गुल्मी समाज पोर्चुगलको त्यो तीज विशेष कार्यक्रम ,जसले उपस्थित सम्पूर्ण नेपालीहरुलाई एकछत्र झुमायो

पोर्चुगलको राजधानी लिस्वन जहाँ गुल्मी समाज पोर्चुगलले आयोजना गरेको त्यो तीज विशेष कार्यक्रम!अधिकतम बसोबास गरेको नेपालीको क्षेत्र भनेर चिनिने लिस्वनमा आयोजित कार्यक्रम, बाक्लो संख्यामा नेपालीहरुको उपस्थिति।
गुल्मेली दिदिबहिनी ,दाजुभाइ तथा अन्य क्षेत्रका नेपालीहरु आफ्नै भेषभुसा,कलात्मक पोशाकमा उपस्थिति भएको देख्दा नेपालको झल्को स्पष्ट मेटिन्थ्यो।
झन्डै ५ बजेबाट सुरु भएको औपचारिक कार्यक्रम केही बेर सम्म चलेको थियो।सस्थाका अध्यक्ष अमृत रिजालको सभापतित्व,एनआरएनए पोर्चुगलका सस्थापक अध्यक्ष पुर्ण हमालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
उदघोषण कलाका प्रखर वक्ता एवं सस्थाका महासचिव गोविन्द कंडेलले कार्यक्रम सन्चालन गरेका थिए भने उपस्थित पाहुनाहरुलाई वरिष्ठ उपाध्यक्ष प्रकाश पाण्डेले स्वागत मन्तव्यले सम्बोधन गरेका थिए।
कार्यक्रममा विशिस्ट अतिथी एनआरएनए युरोप क्षेत्रका उपसंयोजक तिलक गैरेले समाजको आयोजना गरेको कार्यक्रम निकै महत्त्वपूर्ण भएको भन्दै सफलताको शुभकामना दिएका थिए।त्यस्तै सस्थाकी सस्थापक सदस्य एवं नेपाली महिला समाज पोर्चुगलकी निवर्तमान अध्यक्ष माया खरेलले हरितालिका तीजको महत्वको बारेमा प्रकाश पारेकी थिइन्।कार्यक्रममा बोल्दै खरेलले आफ्नो बुवाले दिएको भावनात्मक सन्देश पनि सुनाएकी थिइन्।
त्यस्तै,एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश खड्का ,जनजाति महासंघका अध्यक्ष चोप कुमार मगर,एनआरएनए केन्द्रीय सदस्य (आइसिसी सदस्य ) राजकुमार थापा,एनआरएनए युरोप क्षेत्रका युवा उपसंयोजक रोबर्ट लिम्बु, आइसिसी सदस्य धन शेर्पा ,गुल्मी समाज पोर्चुगलका सस्थापक अध्यक्ष युवराज पन्थी लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए।
उपस्थिति महिला दिदिबहिनीहरु आफ्नै भाका गुनगुनाउदै,कम्मर मर्काउदै नाचेको दृश्यले कार्यक्रम थप रोचक बनेको थियो।के पुरुष ,के महिला,के बच्चा ,के वृद्धबृद्धा सबै नेपाली तीजका गीतमा एकछत्र झुमेका थिए।
कार्यक्रम उपस्थित नेपालीहरुले गुल्मी समाजले आयोजना गरेको कार्यक्रममा उपस्थित हुन पाउँदा खुशी व्यक्त गरेका थिए। अध्यक्ष अमृत रिजाले कला,संस्कृति ,परम्परा ,रहनसहन जगेर्नाका खातिर समाज हरतरहले लाग्ने बताएका थिए।आगामी दिनमा रचनात्मक एवं सृजनात्मक कार्यक्रम गर्दै जाने रिजालले जानकारी दिए।