२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ गुल्मी समाज पोर्चुगलद्वारा ट्युमर पीडितलाई आर्थिक सहयोग

गुल्मी समाज पोर्चुगलद्वारा ट्युमर पीडितलाई आर्थिक सहयोग

स्थापनाकालदेखिनै रचनात्मक एवं सृजनात्मक कार्य गर्दै आइरहेको गुल्मी समाज पोर्चुगलले यस पटक पनि उदारहणिय कार्य गरेको छ।

समाजले गुल्मीका एक ट्युमर पीडितलाई आर्थिक सहयोग गरेको छ।केही बर्षदेखी ब्रेन ट्युमरबाट ग्रसित गुल्मी दरवारका ७ बर्षिय निस्मन कुवँरको उपचारका लागि समाजले ४७ हजार ३ सय ९२ रुपैयाँ बराबरको आर्थिक रकम सहयोग गरेको हो।

परिवारको कमजोर आर्थिक अवस्थाका कारण निस्मनको उपचारमा कठिनाइ उत्पन्न भएको थियो।समाजले निस्मनको उपचारका लागि विभिन्न व्यक्तीसँग सहयोगका लागि अपिल समेत गरेको थियो।

उक्त सहयोग रकम जम्मा भएपछि नेपाल पठाएको समाजले जानकारी दिएको छ।सहयोग रकम पाएका निस्मनका बुवा नरबहादुरले भने”यो रकम हाम्रा लागि ठूलो राहात भएको छ।कम्तीमा मेरो छोराको बाच्ने आधार सृजना भएको छ।रकम सहयोग गर्ने गुल्मी समाज पोर्चुगल प्रती मनैदेखि धन्यवाद दिन चाहान्छु।”

यता सहयोग रकम उपलब्ध गराएका समाजका सचिव अनुप मगरको भनाइ यस्तो रहेको छ:”यो पुरै उपचारका लागि पुग रकम त नहुन सक्छ।यद्यपि यो रकमले कम्तीमा पनि घाँउमा मलमपट्टि लगाउन भएपनि सहयोग होस् भन्ने हेतुले उक्त रकम उपलब्ध गराएका हौं।”आगामी दिनमा पनि कल्याणकारी कार्यलाई निरन्तरता दिने सचिव मगरले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु