गृहपृष्ठ गुल्मी समाज पोर्चुगलले आयोजना गरेको तीज विशेष कार्यक्रम भब्य,सभ्य र सफल बनाउन तयारी अन्तिम चरणमा,यसरी हुँदै छ कार्यक्रम
गुल्मी समाज पोर्चुगलले आयोजना गरेको तीज विशेष कार्यक्रम भब्य,सभ्य र सफल बनाउन तयारी अन्तिम चरणमा,यसरी हुँदै छ कार्यक्रम

पोर्चुगलमा स्थापनाकालदेखिनै सामाजिक एवं लोककल्याणकारी कार्य गर्दै आइरहेको गुल्मी समाज पोर्चुगल पोर्चुगलका नेपाली समुदायबीच लोकप्रिय सस्थाको रुपमा चिरपरिचित छ।उक्त सस्थाले यही सेप्टेम्बर १७ तारीख नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज विशेष सांगीतीक साझ राखेको छ।
कार्यक्रमलाई भब्य ,सभ्य र सफल बनाउन तयारी अन्तिम चरणमा पुगेको सस्थाले जनाएको छ।कार्यक्रम उपस्थित हुन सस्थाले सम्पूर्ण गुल्मेलीहरुलाइ सूचना मार्फत विशेष आग्रह पनि गरेको छ।
समाजका अध्यक्ष अमृत रिजालका अनुसार १७ सेप्टेम्बर आईतबार दिउँसो ३:०० बजेदेखि Rua gomes Freire n.150 postel code 1150-175 अर्थात्
हाम्रो घर रेस्टुरेन्टमा Hamro Ghar Restaurant and Cultural House, lisbon, Portugal हुनेछ।
समाजको तर्फबाट एक अपील प्रकाशित गर्दै पोर्चुगलका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइ, विभिन्न संघ-संस्थाका प्रतिनिधि, सामाजिक अगुवा, व्यवसायी सबैलाई उक्त सांगीतिक तीज कार्यक्रम उपस्थितिका लागि अनुरोध गरिएको छ ।
हेर्नुहोस् समाजको अपील कस्तो छ त!
पोर्चुगलबासी आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक नमस्कार।
गुल्मी समाज पोर्चुगलको आयोजनामा सम्पन्न हुन गरिरहेको हरितालिका तीज विशेष सांगीतिक कार्यक्रमको हामी अन्तिम तयारीमा व्यस्त रहेको कुरा सबैलाई अवगत नै छ। यस अवसरमा हाम्रो समाजलाई भौतिक नैतिक र आर्थिक समर्थन(सहयोग ) गर्नुहुने सबैप्रति हार्दिक धन्यवाद दिन चाहन्छौं। हामीले पूर्वनिर्धारित कार्यक्रमको स्थान र कार्यक्रमको मोडालिटी परिवर्तन गरेको कुरा सबैमा जानकारी पनि गराउन चाहन्छौँ ।
दोस्रो अधिवेशन सम्पन्न भएसँगै हामीले समाजलाई आर्थिक रुपमा बलियो बनाउन प्रयास गरिरहेका छौं । तदनुरूप हामीले हरितालिका तिज कार्यक्रमलाई अलि ठूलो बृहत प्रारुपमा पोर्चुगल को समाज भित्र रहेका क्रियाशिल महिला दिदीबहिनीहरु तथा विभिन्न संघसंस्था र प्रतिष्ठित व्यक्तित्वहरू व्यापारिक ब्यक्तित्वहरुलाई आमन्त्रण गरी कार्यक्रमलाई भव्य सभ्य र ऐतिहासिक बनाउने अभियानमा जुटेका छौ। र सोहीअनुसार सबैलाई पत्राचार गरिसकेको जानकारी गराउन चाहन्छौं।
उक्त दिन 17 september(आइतबार) हाम्रो औपचारिक कार्यक्रम 3 बजेबाट शुरु हुने हुँदा हामी गुल्मेली दाजुभाई तथा दिदीबहिनीहरु कार्यक्रमलाई भव्य सभ्य र अनुशासित रुपमा सम्पन्न गर्न समयमै उपस्थित भई स्वयंसेवक बनेर आफ्नो जिम्मेबारी तथा गुल्मेली तन मन र संस्कारको परिचय दिदै पोर्चुगलका समाजहरुमध्ये को एक उत्कृष्ट नमुना समाजको परिचय दिँदै कार्यक्रम सम्पन्न गर्न सबै सबैमा हार्दिक अनुरोध गर्दछौं।
“हाम्रो कला, हाम्रो संस्कृति, हाम्रो पहिचान”
हरितालिका (तिज) विशेष शुभकामना आदान प्रदान,दरखाने तथा विशेष सांगितिक कार्यक्रम
“पोर्चुगल तिज धमाका -२०२३”
मिति : २०२३/०८/१७ आईतबार
समय : दिउसो ३:०० बजे
स्थान : Rua gomes Freire n.150 postel code 1150-175
Hamro Ghar Restaurant and Cultural House, lisbon, Portugal
आयोजक :- गुल्मी समाज, पोर्चुगल।