२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ गुल्मी समाज पोर्चुगलले गर्ने भयो तीजमा धमाका,सम्पूर्ण गुल्मेली दिदिबहिनीलाई उपस्थितिका लागि आग्रह

गुल्मी समाज पोर्चुगलले गर्ने भयो तीजमा धमाका,सम्पूर्ण गुल्मेली दिदिबहिनीलाई उपस्थितिका लागि आग्रह

हाम्रो कला, हाम्रो सँस्कृति, हाम्रो पहिचान भन्ने भावनाका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर गुल्मी समाज पोर्चुगलले तीज धमाका कार्यक्रमको आयोजना गर्ने भएको छ।

पोर्चुगलमा स्थापनाकाल देखिनै सामाजिक कार्यमा सक्रिय र क्रियाशील समाजले सेप्टेम्बर १७ तारीखमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।

आफ्नो कला, संस्कृतिलाई प्रवर्द्धन गर्दै उक्त दिन नेपाली महिला दिदिबहिनीलाई दर खुवाउने, नाचगान गर्ने र शुभकामना आदानप्रदान गर्ने कार्यक्रम रहेको समाजका अध्यक्ष अमृत रिजालले जानकारी दिए।

कार्यक्रमलाई सफल बनाउन गुल्मीबासी दिदिबहिनी, दाजुभाइ एवं सम्पूर्ण शुभचिन्तकलाई अपील गर्दै समाजका महासचिव गोविन्द कडेंलले लेखेका छन् –

संस्कृति हाम्राे गौरव हाे,संकृति हाम्राे परिचय हाे,संस्कृतिले मानवलाई जाेड्न र जीवन्त राख्न सहयाेग गरिरहेकाे हुन्छ । साँस्कृतिक चाडपर्व हाम्रा अमूल्य सम्पति हुन्।

नेपाली महिलाहरूको महान पर्व हरितालिका (तीज) को अबसरमा पोर्चुगलमा रहनुहुने हाम्रा चेलीबेटी तथा हामी गुल्मेली सबैका दिदीबहिनीहरूलाई आउँदो २०२३ सेप्टेम्बर १७ तारिख आईतबार दरखाने दिनका दिन तिजको दर खाई आफ्नै माइतीको आँगनमा तिज विशेष सांगितिक कार्यक्रम आयोजना गर्न लागेको खबर यहाँहरू माझ सुनाउन पाउँदा हामी हर्षित छौँ।

वर्षमा एक दिन भए पनि यो परदेशी भुमिमा हामी सबै गुल्मेली दाजुभाइ तथा दिदिबहिनीहरू सँगै नाँच्न र रमाउन पाउनु हाम्रा लागि अत्यन्तै सुखद अवसर हो । यो विशाल तिज विशेष कार्यक्रम भव्यरुपमा सम्पन्न गर्नका लागि यहाँहरू सबैको सक्रिय सहभागिता रहने कुरामा म विश्वस्त छु।

साथै २०८० सालको हरितालिका तिजको अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु