२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ गुल्मी समाज पोर्चुगलले जुलाई १६ मा दोस्रो अधिवेशन गर्ने

गुल्मी समाज पोर्चुगलले जुलाई १६ मा दोस्रो अधिवेशन गर्ने

गुल्मी समाज पोर्चुगलले आगामी जुलाई १६ मा दोस्रो अधिवेशन गर्ने भएको छ।

पोर्चुगलमा सक्रिय सस्थाको रुपमा चिरपरिचित यो समाजले विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ।

अधिवेशनले नयाँ कार्यसमिति सहित नयाँ नेतृत्व पनि चयन गर्ने सस्थाका सचिव अनुप मगरले नमूना नेपाललाई जानकारी दिए।

समाजलाई सशक्त ,मर्यादित र सबल बनाउन पोर्चुगलमा रहेका सम्पूर्ण गुल्मेली एक हुनु पर्ने सचिव मगरको भनाई थियो।

गुल्मी समाजमा आवद्ध भैइ समाजको अधिवेशन भब्यरुपमा सम्पन्न गर्न सम्पूर्ण गुल्मीवासीलाई कार्यवाहक अध्यक्ष अमृत रिजालले विशेष अनुरोध गरेका छन्।

उक्त दिन सम्भव भएसम्म अन्य कार्यक्रम नजुदाउन समाजले विशेष अपिल समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु