गृहपृष्ठ गुल्मी समाज पोर्चुगलले तीज विशेष कार्यक्रम आयोजना गर्ने
गुल्मी समाज पोर्चुगलले तीज विशेष कार्यक्रम आयोजना गर्ने

नेपाली महिलाहरुको महान पर्व हरितालीका तीजको अवसर पारेर गुल्मी समाज पोर्चुगलले तीज विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ।
पोर्चुगलमा स्थापनाकाल देखिनै सामाजिक कार्यमा क्रियासिल समाजले सेप्टेम्बर १७ तारीखमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो।
उक्त दिन नेपाली महिला दिदिबहिनीलाई दर खुवाउने,नाचगान गर्ने र शुभकामना आदानप्रदान गर्ने कार्यक्रम रहेको समाजका अध्यक्ष अमृत रिजालले जानकारी दिए।
कार्यक्रमलाई भब्य र सभ्यरुपमा सम्पन्न गर्न पुर्व अध्यक्ष युवराज पन्थीको संयोजकत्वमा समिती पनि निर्माण गरिएको छ।
कार्यक्रमलाई सफल बनाउन गुल्मीबासी दिदिबहिनी ,दाजुभाइ एवं सम्पूर्ण शुभचिन्तकलाई सहभागी हुन समाजले विशेष अपिल समेत गरेको छ।