२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ गैरआवासिय नेपाली संघ कतारद्वारा एक हप्ते नि:शुल्क स्वास्थ परिक्षण गर्दै

गैरआवासिय नेपाली संघ कतारद्वारा एक हप्ते नि:शुल्क स्वास्थ परिक्षण गर्दै

गैरआवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारद्वारा एकहप्ते निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरेको छ।

कतारमा कार्यरत नेपाली दाजुभाइ दिदिबहिनी हरुको स्वास्थ्यलाई मध्यनजर गर्दै परिषद कतारद्वारा यहि आउदो २२ जनवरी २०२१ देखि १ हप्ताका लागि नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको कार्यक्रमको आयोजना गरेको हो।

उक्त कार्यक्रममा १५ जना इस्पिलिएस्ट अनुभवी डाक्टरहरुबाट ब्लड प्रेसर, ब्लड सुगर, कोलेस्ट्रोल, इसिजी, युरिक एसिड, स्वास्थ्य परामर्श, बिएमआइ, जस्ता स्वास्थ्य सेवाहरु प्रदान गरिने संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले बताए।

कार्यक्रम एसियन मेडिकल सेन्टर, अल वाक्रा मा २२ जनवरी २०२१, शुक्रबारको लागि दिनको ४:०० बजे देखि बेलुकी ९:०० बजे सम्म र २३ जनवरी देखि २८ जनवरी २०२१ सम्मको लागि बिहान ८:०० बजे देखि बेलुकी ९:०० सम्म संचालन गरिने पनि संघ कतारका महासचिव पदम गिरीले बताए।

साथै परिक्षण कार्यक्रममा सहभागी भैई स्वास्थ्य लाभ लिनुहुन पनि सबैमा अध्यक्ष मुसलमानले अनुरोध समेत गरेका छ्न्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु