२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ गैरआवासिय नेपाली संघ नेदरल्यान्ड्सको प्रमुख संरक्षकमा पौडेल चुनिए

गैरआवासिय नेपाली संघ नेदरल्यान्ड्सको प्रमुख संरक्षकमा पौडेल चुनिए

गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सको डिसेम्बर २४ तारिख बसेको कार्यसमितिको दशौॅं बैठकले प्रमुख संरक्षकमा सस्थापक अध्यक्ष शशी पौडेललाई चयन गरेको छ।

गैरआवासिय नेपाली संघको १८ वर्षे ईतिहासमा नेदरल्यान्ड्सले गौरवपूर्ण ईतिहास बोकेको साथै मार्गदिशा र प्रसंशनिय भूमिका निर्वाह गरेको गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सका संस्थापक अध्यक्ष तथा केन्द्रीय पुर्व सल्लाहकार शशी पौड्यालले स्थापनाकाल देखिनै संघको बिभिन्न कालखण्डमा संस्थागत विकास र बिस्तारमा लागि परेको भन्दै संघका कुनै पनि चुनौतीलाई समाना गर्न केन्द्र देखि राष्ट्रियस्तर सम्म हातेमालो गर्ने संरक्षक चयन पश्यात प्रतिबद्धता जनाएका छन्।

गैरआवासिय नेपाली संघ आफैमा गैर आवासिय नेपालीहरुको एक सामाजिक साझा संस्था भएकोले संघले नेदरल्यान्ड्समा बसोबास गर्ने सबै जातजाती,वर्ग भेग र बिचारलाई समेटी उनिहरुको बीचको सम्बन्ध मजबुत गराउने, आपसी सद्भावको वृद्धि गर्ने साथै नेपाल- नेदरल्यान्ड्सको मैत्री सम्बन्ध प्रगाढ पार्ने साथै परोपकारी र सामाजिक क्षेत्रमा निरन्तरता दिनु पर्ने कुरामा पनि संस्थापक अध्यक्ष साथै प्रमुख संरक्षक पौडेलले जोड दिएका छन्।

विधान शंसोधन समितिको तर्फबाट शंसोधन समितिका संयोजक शालिक गौतमले चौधौॅं वार्षिक साधारण सभामा विधान शंसोधनको एजेन्डामा विधान संशोधनका बुॅंदाहरु प्रस्तुत गरेपछी विधानमा संरक्षक परिषद सहितको विधान शंसोधनका बुंदाहरु घनीभुत छलफल पश्यात पास भएको थियो।

त्यसैगरि प्रमुख संरक्षकको हकमा संघको अध्यक्ष वा आइ. सि .सि को नेतृत्व गरी संघलाई बिशेष योगदान पुर्त्याएको हुनु पर्ने र संरक्षक सदस्यको हकमा भने नेतृत्व भूमिका निर्वाह गरेका वा संघको लागि बिशेष योगदान पुर्याएका व्यक्तित्वलाई कार्यसमितिले मनोनयन गर्न सक्ने भनि वार्षिक साधारण सभाको बन्दसत्रबाट पास भएको थियो।

शंसोधित विधानमा मुख्यत: संरक्षक परिषदमा कुन योग्यता भएको व्याक्तित्वलाई राख्दा संघको बृहत्तर हित हुन्छ भन्ने बारेमा डिसेम्बर २४ तारिख बसेको दशौं बैठकले ब्यापक छलफल गर्दै सस्थापक अध्यक्ष शशी पौडेललाई प्रमुख संरक्षकमा चयन गरेको अध्यक्ष श्रीराम कँडेलले जानकारी गराए।

एन आर एन ए नेदरल्यान्ड्सको स्थापना कालदेखी गैर आवासिय नेपालीहरुको विभिन्न सामाजिक अभियानमा
महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका पौडेल प्रवासमा नेपाली भाषा, संस्कृती र नेपालको पर्यटन प्रवर्धनमा निरन्तर अग्रस्थानमा देखिदै आइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु