२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ गैरआवासिय नेपाली संघ पोर्चुगलको महिला उपाध्यक्षमा माया पौडेल खराल निर्विरोध निर्वाचित

गैरआवासिय नेपाली संघ पोर्चुगलको महिला उपाध्यक्षमा माया पौडेल खराल निर्विरोध निर्वाचित

गैरआवासिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद पोर्चुगलको महिला उपाध्यक्षमा माया पौडेल खराल निर्वाचित भएकी छन्।

विगत केही वर्षदेखि पोर्चुगलमा बस्दै आएकी खराल जुझारु महिलाको रुपमा चिरपरिचित छिन्।पृथक क्षमता र कौशलताकि धनी खराल पोर्चुगलको नेपाली समाजमा सबैका लागि प्रिय् छिन्।

बोलेर हैन कार्यद्वारा व्यवहारमा उतार्नु पर्छ भन्ने सिद्धान्त अंगालेकी खराल निर्विरोध हुनु सम्पूर्ण पोर्चुगलबासी नेपालीका लागि सकारात्मक सन्देश हो।

हाल नेपाली महिला समाज पोर्चुगलकी अध्यक्ष रहेकी खराल ,गुल्मी समाज पोर्चुगलकी सस्थापक समेत हुन्।

उपाध्यक्षमा निर्वाचित माया पौडेल खराललाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु