२०७७ फागुन २३ गते आइतवार | March 07, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ गैरआवासीय नेपाली संघ कतारद्वारा सचेतनात्मक कार्यक्रम गर्दै

गैरआवासीय नेपाली संघ कतारद्वारा सचेतनात्मक कार्यक्रम गर्दै

गैरअवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा आउदो शुक्रवार दिउसो २ बजे देखि अनलाइन मार्फत (जुम भर्चुअल ) सचेतनात्मक कार्यक्रम हुने भएको छ।

कतार सरकारले हालसालै बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक तथा कम्पनी परिवर्तन गर्न पाईने नयाँ नियमको बारेमा कतार सरकारको प्रशासनिक विकास श्रम र समाजिक मामिला मन्त्रालयले श्रमिकको न्यूनतम राष्ट्रिय ज्याला र कम्पनी परिवर्तन गर्ने सम्बन्धमा नयाँ कानुन पारित गरेको थियो। नयाँ निर्णयसँगै श्रमिकको न्यूनतम पारिश्रमिक १ हजार खानाको लागि थप ३सय र अवासका लागि ५ सय रियाल दिनुपर्ने व्यवस्था गरिएको छ।

एनआरएनए कतारको समन्वयमा कतारमा स्थापित विभिन्न संघ संस्थाको उपस्थितिमा सचेतनात्मक कार्यक्रम गर्न लागेको संघका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए।

उनका अनुसार नयाँ श्रमिक कानुन सम्बन्धि केही जिज्ञासा् एवं प्रश्न भएमा कार्यक्रम सत्र पहिलेनै एनसीसी कतारद्वारा संकलन गरि कतारी सरकारको सम्बन्धित अधिकारीहरु समक्ष जानकारी गराईने निर्देशन अनुसार यहाँहरुमा प्रष्ट हुनुपर्ने विषयमा आफ्नो जिज्ञासा् एवं प्रश्नहरु २७ जनवरी २०२१ सम्म एनसीसी कतारको ईमेल [email protected] मा पठाउनुहुन समेत अनुरोध गरेका छन्।

कार्यक्रममा सहभागिताको लागि तल उल्लेखित मिटिङ आईडी र पासकोड प्रयोग गरि Link Login गर्नुहुन अनुरोध गरेका छन्।

Join Zoom Meeting
https://us02web.zoom.us/j/4240595332?pwd=dDNwVW0yVFpaaW5hbFkzbFJ4RjByQT09

Meeting ID: 424 059 5332
Passcode: 2021

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु