गृहपृष्ठ गैरआवासीय नेपाली संघ (NRNA, portugal) पोर्चुगलको नवौं राष्ट्रिय महाधिवेशनको घोषणा
गैरआवासीय नेपाली संघ (NRNA, portugal) पोर्चुगलको नवौं राष्ट्रिय महाधिवेशनको घोषणा

गैरआवासीय नेपाली संघका
आदरणीय केन्द्रीय अध्यक्षज्यूहरु,
केन्द्रीय पदाधिकारीज्यूहरु,
युरोप क्षेत्रका संयोजक तथा उपसंयोजकज्यूहरु, आम पोर्चुगलबासी अग्रज अभियान्ताज्यूहरु,संचारकर्मी मित्रहरू तथा दिदिबहिनी एवं दाजुभाइहरुमा सादर नमस्कार !
गैरआवासीय नेपाली संघ (NRNA-NCC, portugal) राष्ट्रिय समन्वय परिषदको बैठक आज ११ जुन २०२३ आइतबारका दिन अध्यक्ष श्री रविन अधिकारीको अध्यक्षता र महासचिव राजकुमार थापाको संचालनमा लिस्बनमा सम्पन्न भयो। बैठकले गरेका महत्त्वपूर्ण निर्णयहरु सम्बन्धित सबैमा जानकारीका लागि यो विज्ञप्ति प्रकाशित गरिएको छ।
१) गैरआवासीय नेपाली संघ (NRNA-NCC, portugal) राष्ट्रिय समन्वय परिषद पोर्चुगलको नवौं राष्ट्रिय महाधिवेशन आगामी ३० जुलाई २०२३ आइतबारका दिन लिस्बनमा आयोजना गर्ने निर्णय गरिएको छ।
२) महाधिवेशनमा अतिथिको रूपमा संघका अन्तर्राष्ट्रिय समन्वय परिषद (ICC) का कार्यकारी अध्यक्ष डा. बद्री केसी, अध्यक्षहरु कुल आचार्य र रविना थापाज्यू लगायत केन्द्रीय पदाधिकारीज्यूहरु,युरोप क्षेत्रका संयोजक तथा उपसंयोजकज्यूहरुलाई निमन्त्रणा गर्ने निर्णय गरिएको छ।
३) गैरआवासीय नेपाली संघ (NRNA, portugal) पोर्चुगलको सदस्यता वितरण अभियान र कार्य यही जुन महिनाको ३० तारिखसम्म रहने निर्णय गरिएको छ । संघको सदस्यता लिन आम पोर्चुगलबासी दिदिबहिनी एवं दाजुभाइहरुमा बैठकले पुनः आग्रह गरेको छ।
४) महाधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न र नयाँ नेतृत्व चयनको लागि निम्न बमोजिम समिति गठन गर्ने निर्णय गरिएको छ :-
क) निर्वाचन समिति,
ख) विधान परिमार्जन तथा सुधार समिति,
ग) संघको समग्र सांगठनिक प्रतिवेदन समिति,
घ)प्रचारप्रसार तथा प्रकाशन समिति,
ङ) महाधिवेशन उद्घाटन व्यवस्थापन समिति,
च) आर्थिक प्रतिवेदन समिति,
छ) अतिथि स्वागत समिति,
ज) कार्यालय व्यवस्थापन समिति।
माथि उल्लेखित समितिहरुमा रहनु हुने महानुभाव र व्यक्तिहरुको नामावली केही दिनपछि प्रकाशित गरी जानकारी गराइनेछ । निर्वाचन सम्बन्धी अन्य प्रक्रिया र कार्यविधिका बारेमा पछि सूचनाहरु प्रकाशित गरिनेछ।
५) गैरआवासीय नेपाली संघ (NRNA-NCC, portugal) राष्ट्रिय समन्वय परिषद अन्तर्गत रहेका क्षेत्रीय समितिहरुको अधिवेशन र गठन १५ जुलाई २०२३ भित्र आयोजना गरिसक्ने निर्णय गरिएको छ।
महाधिवेशनलाई सहमति,सहकार्य र एक्यवद्ध भइ सफल बनाउन पोर्चुगलस्थित सम्पूर्ण संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधि तथा एनआरएनए एवं समाजका अगुवा महानुभावहरुमा विनम्र आग्रह गर्दै सबै संचारकर्मी पत्रकार मित्रहरुलाई महाधिवेशनको व्यापक प्रचारप्रसार र प्रकाशन गरिदिनु हुन समेत हार्दिक अनुरोध गरिन्छ।
रविन अधिकारी
अध्यक्ष
राजकुमार थापा
महासचिव
मिति : ११ जुन २०२३, आइतबा ।
गैरआवासीय नेपाली संघ(NRNA, portugal) राष्ट्रिय समन्वय परिषद पोर्चुगल।