२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ गैरकानुनी अमेरिका छिर्ने भन्दै हिडेका बबरमहल ७० दिन दुबैमा बन्धक ,अनि नेपाल फिर्ता

गैरकानुनी अमेरिका छिर्ने भन्दै हिडेका बबरमहल ७० दिन दुबैमा बन्धक ,अनि नेपाल फिर्ता

सरिशा अछामी,काठमाडौ :तल्लो बाटो अर्थात् अवैध रूपमा अमेरिका जान हिँडेका एक नेपाली युवक ७० दिनसम्म संयुक्त अरब इमिरेट्सको दुबईमा बन्धक बनेर घर फर्किएका छन्।

अहिले उनी आफूले दलाललाई दिएको लाखौं रुपैयाँ फिर्ता माग्दै प्रहरी कार्यालय धाइरहेका छन्।

नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोमा उजुरी दिएका उनको सांकेतिक नाम ‘बबरमहल’ राखिएको छ।

जसरी पनि अमेरिका पुग्ने सपना पछ्याउँदा लाखौं रुपैयाँमात्र डुबाएका छैनन्, शारीरिक र मानसिक यातनासमेत भोगेका छन्।

गत असारमा उनले दिएको उजुरीका आधारमा प्रहरीले ३ जना प्रतिवादीलाई पक्राउ गरेको छ।ब्युरोलाई ‘बबरमहल’ ले दिएको बयानमा उनले ‘तल्लो बाटो’ हुँदै अमेरिका पुग्न हिँड्दा आफूले भोगेको नालीबेली सुनाएका छन्।

यो शिलशिला डेढ वर्षअघि सुरू भएको थियो। त्यतिबेला ‘बबरमहल’ वैदेशिक रोजगारीमा जाने सोचिरहेका थिए। दाङको घोराहीमा काकाको घरमा बसिरहेका उनको चिनजान त्यही घरमा भाडामा बसिरहेकी एक जना महिलासँग भयो।

ती महिलाले आफ्ना श्रीमान अमेरिका रहेको सुनाइन्। खासै पढे-लेखेको नभए पनि १० वर्षअघि नै आफ्ना श्रीमान अमेरिका पुगेको उनले बताइन्।उनले बबरमहललाई अमेरिका जाने भए श्रीमानसँग कुरा गरिदिन्छु भनेर अग्रसरता देखाइन्।

काम गर्न विदेश जाने सोचिरहेका ‘बबरमहल’लाई अमेरिका नै जान पाइने कुराले लोभ्यायो।ती महिलाले आफ्ना श्रीमान किशोर कुसारसँग ‘बबरमहल’लाई सामाजिक सञ्जालमा जोडिदिइन्।

उनले किशोरसँग म्यासेन्जरमा कुरा गर्न थाले। कसरी अमेरिका जान सकिन्छ, कति पैसा लाग्छ भन्नेबारे सोधपुछ गरे।किशोरले उनलाई जेम्स भन्ने पूर्ण लामाले तल्लो बाटो अमेरिका पठाउने काम गरिरहेको भन्दै लोकेश लामाको फेसबुक आइडी पठाएर थप कुरा गर्न भने।

‘लोकेश लामासँग फेसबुक र ह्वाट्सएपमा जोडिएको थिएँ,’ बबरमहलले बयानमा भनेका छन्।लोकेशले नेपालीहरूलाई मेक्सिको हुँदै अमेरिका पठाइरहेको र अमेरिका पुगेका सबैले ग्रिनकार्ड पाएको भन्दै उनलाई थप प्रलोभनमा पारे। उनले आफूले अवैध बाटोबाट अमेरिका पठाएका केही मानिससँग बबरमहलको कुरा पनि गराइदिए।

उनीहरूसँग कुराकानी गराइदिएपछि लोकेशले ‘बबरमहल’लाई भनेका थिए- तिमी जाने भए ४५ लाख रुपैयाँमा अमेरिका पठाइदिन्छु।

अवैध बाटो हुँदै अमेरिका पुगेर ग्रिनकार्ड नै लिएका व्यक्तिसँग कुरा गरेपछि बबरमहलले पनि जाने निधो गरे। थप प्रक्रियाबारे अगाडि बढे।उनलाई सुरूमा ३ लाख दिनुपर्ने र बाँकी नेपालबाट गइसकेपछि दिँदा हुन्छ भनिएको थियो।

उनले बयानमा भनेका छन्- अलि-अलि दु:ख गरेर राम्रै देशमा पुगिन्छ भने गर्छु भन्ने सोच बनाएँ।त्यसपछि ‍उनी लोकेशलाई भेट्न काठमाडौं आए। सिनामंगलमा लोकेशसँग भेट भयो। भेटमा लोकेशले ‘बबरमहल’ लाई भिसा लगाउन भारत जानुपर्ने भन्दै तीन लाख रुपैयाँ र पासपोर्ट मागे। उनले पैसा र पासपोर्ट बुझाए।

६ जुन २०२२ मा गुयानाको भिसा लागेको भन्दै लोकेशले बबरमहल भारत बोलाए।दिल्लीमा उनलाई पहाडगञ्ज भन्ने होटलमा राखियो।त्यहाँ पुगेको केही दिनपछि लोकेशले बबरमहललाई भने- दुई दिनमा तिम्रो गुयानाको फ्लाइट छ, १५ लाख रुपैयाँ बुझाउनुपर्‍यो।

अमेरिका जाने आशामा रहेका ‘बबरमहल’ले सर-सापट गरी केही पैसा लोकेशलाई दिए।तीन महिनासम्म दिल्लीमा बसेका बबरमहल गुयाना जान पाएनन्, नेपाल फर्किए।

उनी नेपाल फर्किएको एक महिना नबित्दै अब कलकत्ताबाट पठाउँछु भन्दै लोकेशले फोन गरी फेरि नयाँदिल्ली बोलाए। दोस्रो पटक पनि एक महिना त्यही होटलमा बसे।

हुन्छ, हुन्छ भन्दै लोकेशलाई उनले पटक-पटक नयाँदिल्ली बोलाइरहे।दुई-तीन पटक भारत पुग्दै नेपाल फर्किनु परेपछि यसरी अमेरिका नजाने सोच बनाएर बबरमहलले आफूले तिरेको पैसा फिर्ता मागे।उक्त पैसा आफूले मात्र नभई मेक्सिकोमा बस्दै आएका जेम्स भन्ने पूर्ण लामा र हस्त गौतमसमेतले लिएको भन्दै लोकेश पन्छिए।

‘बबरमहल’ ले त्यसो भए जेम्स र हस्तसँग कुरा गराइदिन भने।पूर्ण लामासँग कुरा हुँदा उनले पैसा फिर्ताभन्दा आफूले ‘बबरमहल’ लाई नयाँदिल्लीबाट जापानको टोकियो हुँदै मेक्सिको जाने व्यवस्था मिलाइदिने आश्वासन दिए।

‘बबरमहल’ ले जान पाइहाल्छु कि भनेर उनको कुरा पत्याए।दुई/तीन महिनापछि लोकेशले फेरि उनलाई दिल्ली बोलाए।त्यतिबेला टोकियो हुँदै मेक्सिको जाने जहाज टिकट आएको र त्यसका लागि एयरपोर्टमा देखाउन ५ हजार अमेरिकी डलर चाहिने लोकेशले बताए। ‘बबरमहल’ले त्यो पैसा पनि तिरे।

‘बबरमहल’ले पैसा दिएपछि लोकेशले उनलाई जापान हुँदै मेक्सिको जाने हवाई टिकट र राहदानी दिएका थिए। टिकट लिएर नजिककै ट्राभल सेन्टरमा गएपछि उनी छक्क परे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु