गृहपृष्ठ गैर अवासिय नेपाली संघ कतारको नवौं महाधिवेशनमा आईसिसिमा ९ सहित ५५ को उम्मेदवारी (उम्मेदवारको नामावलि सहित)
गैर अवासिय नेपाली संघ कतारको नवौं महाधिवेशनमा आईसिसिमा ९ सहित ५५ को उम्मेदवारी (उम्मेदवारको नामावलि सहित)

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए कतारको ९ जुलाईमा हुने नवौं महाधिवेशनका लागी अध्यक्ष पदमा दुई जनाले उम्मेदवारी दिएका छन भने अन्य बिभिन्न पदमा जम्मा ५५ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यसमितिका संयोजक रमेस भट्टले बताए।
आगामी कार्यकालको लागी अध्यक्ष पदमा वर्तमान अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान र पुर्व कोषाध्यक्ष चुडामणि कार्कीले उम्मेदवारी दर्ता गराएका छन।
अध्यक्षका उम्मेदवार मुक्तदा जनप्रगतिशिल मन्च कतार ,जनसम्पर्क समिति कतार , प्रबासि नेपालि मन्च नेपाल समुह कतार , नेपालि समाज कतार, बिबेकशिल साझा कतार ,जनजाति महासंघ कतार , अन्तरास्ट्रीय मुस्लिम समाज लगाएत कतारका बिभिन्न संघ/सँस्थाहरुको साझा उम्मेदवारका रुपमा पुन अध्यक्षमा उम्मेदवारी दिएका छन भने अध्यक्ष पदका अर्का उम्मेदवार चुडामणि कार्कीलाई प्रबासि नेपालि मन्च ओली समुह कतारलगायत अन्य केहि सँस्थाले आफ्नो उम्मेदवारको रुपमा अगाडी बढाएका छन।
कतारका बैचारिक सँस्था र अन्य ९०% संघ सँस्थाको साझा उम्मेदवार भएकाले अध्यक्षमा मुक्तदाको जित सुनिश्चित देखीएको छ भने कार्कीको उपस्थिति धेरै कमजोर देखीएको छ। मुक्तदालाई कतार स्थित विभिन्न संघसंस्थाहरुको बलियो सर्मथन रहेसंगै जित सुनिश्चित देखिएको हो।
निर्वाचन समितिका अनुसार एनआरएनए राष्ट्रिय समन्बय परिषद् कतारबाट ९ जनाले आइसीसी सदस्यमा उम्मेद्धारी दिएका छन। आईसिसि सदस्यमा नरेश श्रेष्ठ , सरिता भण्डारी पौडेल, टंक बहादुर खड्का(कुमार),अर्षद हुसेन मुसलमान , पूर्ण बहादुर पोखरिया, रामु रेग्मी(कुमार) ,अर्जुन मुडभरी, तेज कटुवाल र मदसिर नजरको उम्मेदवारी परेको छ।
यसैगरी कार्यसमितिको प्रथम उपाध्यक्षमा जैवी राई र गफुर अहम्मद , द्धितिय उपाध्यक्षमा प्रेम चलाउने र केशबराज कार्की, महिला उपाध्यक्षमा अम्बिका खत्रीले उम्मेदवारी दिएका । महिला उपाध्यक्षमा खत्रीको मात्रै उम्मेदवारी परेकाले उनि निर्बिरोध निर्वाचित भएकि छिन्।
वर्तमान कार्यसमितिका महासचिव पदम गिरीले पुन महासचिवमा उम्मेदवारी दिएका छन् भने उनिसंगै अफसर अलि खानले पनी महासचिव पदमा आफ्नो उम्मेदवारी दिएका छन।
रबिन थापा मगर, दिप जंग शाह, भवानी प्रसाद कोइराला र सुनिल कुमार घिमिरेले सचिव पदमा उम्मेदवारी दिएका छन् भने बिनोद प्रसाद बसौलाले कोषाध्यक्ष र मिनराज वाग्ले , झबिन्द्र आचार्य, बालकृष्ण न्यौपानेले सहकोषाध्यक्षमा उम्मेदवारी दिएका छन्। कोषाध्यक्षमा बिनोद प्रसाद बसौलाको एकल उम्मेद्धारी परे संगै उनि निर्बिरोध निर्वाचित भएका छन।
यसैगरी नानु घले ब्लोन र सन्ध्या अर्यालले महिला संयोजकमा ,डेक ब. भारति (सुमन) र मो. कलाम हुसेनले यूवा संयोजकमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन।
निर्वाचन समितिको मापदन्ड अनुसार सन्तोष रेग्मीले लेखा समिति संयोजक , टिकाराम गौतम (अमित) र गणेश भट्टले लेखा समिति सदस्यमा उम्मेदवारी दिएका छन। लेखा समितिमा रेग्मी , गौतम र भट्टको मात्रै उम्मेदवारी परेकाले उनिहरु निर्बिरोध निर्वाचित भएका छन।
यसैगरी कार्यसमितिको सदस्यमा सेवक बि.क., खडक बा. पा फागो, तारानाथ बास्तोला (पवन), नारायण प्रसाद ढुङगांना , मुखतार आलम, सन्तोष पौडेल, ओम बहादुर क्षेत्री (सन्तोष) बिष्णु बहादुर खड्का,सबिन्द्र श्रेष्ठ, गजेन्द्र राई, एकराज कट्वाल, महोम्मद इनजाद आलम, अब्दुल खालिक शेख, दिनेश खत्रि, जय प्रकाश यादव, मोहम्मद मन्नान,राम गिरी, मो मजु दिन,रामबाबु यादव, अगन्धर देवकोटा, नियम शेख र टेक बहादुर नेपालीको उम्मेदवारी परेको छ।
अध्यक्षका उम्मेदवार मुक्तदालाई कतारमा रहेका जनप्रगतिशिल मन्च कतार ,जनसम्पर्क समिति कतार , प्रबासि नेपालि मन्च नेपाल समुह कतार , नेपालि समाज कतार, बिबेकशिल साझा कतार ,जनजाति महासङ्घ कतार , अन्तरास्ट्रीय मुस्लिम समाज लगाएत कतारका ९०% संघ/सँस्थाहरुले समर्थन गरेका छन भने अध्यक्षका अर्का उम्मेदवार चुडामणि कार्कीलाई प्रबासि नेपालि मन्च ओली समुह कतारले आफ्नो उम्मेदवारको रुपमा निर्बाचनमा अगाडी बढाएको छ। यति धेरै सँस्थाहरुले समर्थन गरेपछि अध्यक्षमा मुक्तदाको जित सुनिश्चित भएको हो।
अध्यक्ष मुक्तदासँगै कतारबाट आईसिसि सदस्य नरेश श्रेष्ठ , सरिता भण्डारी पौडेल, टंक बहादुर खड्का(कुमार),अर्षद हुसेन मुसलमान , पूर्ण बहादुर पोखरिया, रामु रेग्मी(कुमार) ,अर्जुन मुडभरी,प्रथम उपाध्यक्ष जैबि चाम्लिङ्ग राई, दितिय उपाध्यक्ष प्रेम चलाउने,महासचिब पदम गिरि,सचिब रबिन मगर र दिपजंग शाह,सहकोषाध्यक्ष मिनराज वाग्ले,महिला संयोजक नानु घले ब्लोन र युवा संयोजक डेक बहादुर भारती(सुमन) रहेका छन्।
त्यस्तै कार्यसमितिको सदस्यहरुमा सेवक बि.क., खडक बा. पा फागो, तारानाथ बास्तोला (पवन), नारायण प्रसाद ढुङगांना , मुखतार आलम, सन्तोष पौडेल, ओम बहादुर क्षेत्री (सन्तोष) बिष्णु बहादुर खड्का,सबिन्द्र श्रेष्ठ, गजेन्द्र राई, एकराज कट्वाल, महोम्मद इनजाद आलम, अब्दुल खालिक शेख, दिनेश खत्रि, जय प्रकाश यादव, मो मजुदिन,रामबाबु यादव, अगन्धर देवकोटा, नियम शेखको जित शुनिश्चित देखिएको छ उनीहरुले धेरै मतको अग्रताले निर्वाचन जित्ने प्रारम्भिक नतिजा देखिएको छ।