गृहपृष्ठ ग्याल्बो ल्होछारको अवसरमा मार्च १५ मा बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरिने, ल्हप्सो पूजा सम्पन्न
ग्याल्बो ल्होछारको अवसरमा मार्च १५ मा बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरिने, ल्हप्सो पूजा सम्पन्न

लिस्बन । बौद्धमार्गी शेर्पाहरुको महान पर्व ग्याल्बो ल्होछारको अवसरमा शेर्पा किदुक पोर्तुगलले साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । ग्याल्बो ल्होछार च्याग फो, चि-ल्हो २१४७ को अवसरमा किदुगले कार्यक्रम आयोजना गर्ने भएको हो ।
चर्चित कलाकारहरुको प्रस्तुतिसहित भरपुर डिजे सेसन हुने किदुगले जानकारी दिएको छ । मार्च १५ तारिख आइतबारका दिन दिउसो ४:०० बजेदेखि कार्यक्रम शुरु हुनेछ । कार्यक्रम प्रासा दि इस्पानिआमा रहेको वोक मुन्डो रेष्टुरेन्टको हलमा हुनेछ ।
सहभागी हुन चाहनेले किदुककी अध्यक्ष निमल्हमु शेर्पा ९२००२३२६८, फुर्वाफुटी शेर्पा ९२०३२६७५१ र लाक्पाछोटी शेर्पा ९२०५४५२६१ सँग सम्पर्क राख्न किदुकले अनुरोध गरेको छ ।
ल्हप्सो पूजा सम्प्पन्न !
बौद्धमार्गी शेर्पाहरुको महान पर्व २१४७ औं ग्याल्बो ल्होछार च्याग फो, चि-ल्हो २१४७ को अवसरमा वुधबार पोर्तुगलमा ल्हप्सो पूजाको कार्यक्रम सम्पन्न भएको छ । शेर्पा किदुक पोर्तुगलले दु सालमास्थित टाशी गोमाङ्ग स्तुपामा कार्यक्रम सम्पन्न गरेको हो ।

पूजामा सम्मिलित करिब डेढ सय सहभागी शेर्पाहरुले अगाढ श्रद्धा र विश्वासकासाथ थुब्तेन पुन्तसोक गेफेल लिङ गोन्पोको बुद्ध मूर्तिलाई ढोग गरे, धूप चढाए, खादा चढाए, सायद मनमनै आ आफ्नै किसिमका वरदान मागे । लामा फुरी, पोर्तुगीस लामा मिगेल र लामा आङ छिरिङ शेर्पाले बुद्धिष्ट विधि अनुसार छोर्तेन (गोन्पो) मा पूजा सम्पन्न गरे ।सहभागीहरु हँसिला अनुहारकासाथ एकआपसमा शुभकामना आदानप्रदान गरे । पारिवारिक वातावरणमा खानपीन गरे । अतिथि, लामात्रय र सहयोगीहरुलाई खादा लगाएर सम्मान गरे ।
सहभागीहरुले स्तुफा क्षेत्रको निर्माण बिस्तारलाई सहयोग पुगोस् भनेर स्वेच्छिक ७५० युरो सहयोग गरे ।कार्यक्रममा लामा सार्की, स्तुपाका पोर्तुगीस लामा मिगेल, नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिव योगेन्द्रमिलन छन्त्याल र किदुगका संरक्षक पेम्बा शेर्पाले शुभकामना मन्तव्य राखेका थिए । निवर्तमान अध्यक्ष ओङ्गेल लामाले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता अध्यक्ष निमल्हमु शेर्पाले गरेकी थिइन् ।

किदुककी अध्यक्ष निमल्हमुले आगामी मार्च १५ तारिखका दिन हुने ग्याल्बो ल्होछार साँस्कृतिक कार्यक्रममा उपस्थितिको लागि अनुरोध गरे । पूजा स्थलसम्म जान आउन आयोजक किदुकले बसको व्यवस्था गरेको थियो । श्रोत: नमस्ते नेपाली ।