२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ चमार कल्याण समाज धनुषा जिल्लाको अध्यक्षमा प्रगास चमार सर्बसम्मत

चमार कल्याण समाज धनुषा जिल्लाको अध्यक्षमा प्रगास चमार सर्बसम्मत

नेपाली चमार जातिहहरुको साझा संगठन चमार कल्याण समाज नेपालको धनुषा जिल्लामा रहेका चमार जातिहरुको भेलाले दलित , एवमं चमार जातिहरुका लागि महत्वपुर्ण योगदान गर्नुभएका प्रगास महरा चमार लाई जिल्ला अध्यक्षमा सर्ब सम्मत रुपले चयन गरेको छ । समाजको केन्द्रिय समितिको संगठन सुदृढिकरण , संगठन निर्माण अभियान अन्तरगत समाजको मधेश प्रदेश कमिटिको आयोजनामा नेपालको मधेश प्रदेशमा चमार जातिहरुको जनसंख्या ९ प्रतिसत रहेपनि राज्यको पहुच भन्दा टाढा रहेको र अब आफनो जातिहरुको राज्यमा प्रतिनिधित्व , जातिय ईतिहास , अधिकार, समन्वय आदीका लागि सारा चमार जातिहरु एउटै छाता मुनि आउनुपर्ने सहभागिहरुले जोड दिएका थिए ।

देशमा सबैभन्दा ठुलो जातिय संगठन चमार कल्याण समाज नेपाल रहेकोले यस संगठनमा आउनका लागि सबै चमार जातिका अगुवाहरुलाई सहभागिहरुले आग्रह समेत गरेका थिए । प्रदेश अध्यक्ष सुरेन्द्र रविदास चमारको अध्यक्षता तथा चमार जातिहरुका अगुवा सोभित महराको प्रमुख अतिथ्यतामा भएको भेलाले समाजको जिल्ला उपाध्यक्षमा रासलाल महरा र शिला महरा , महासचिवमा प्रमेश्वर महरा , सहमहासचिव धर्मेन्द्र कुमा महरा , सचिव विजय कुमार महरा र सदस्यहरुमा सुनिता महरा , निरो देवि महरा , अर्जुन महरा , विन्दे चमार , प्रदिप चमार , विनोद चमार , सोनावती चमार , रमाशंकर महरा , राजकिसोर महरा सिमादेबी राम , संजय रविदास , दुलारी राम , गगीया देबी चमार लगाएत २५ सदस्यीय र्निविरोध हुनुभएको छ ।

चमार जातिहरुका बरिष्ठ युवा अगुवा प्रकास महराको संचालनमा भएको कार्यक्रममा समाजका केन्द्रिय बरिष्ठ सल्लाहकार सेवल राम चमार , केन्द्रिय उपाध्यक्ष ओमप्रकास राम , केन्द्रिय सदस्य संगिता कुमार राम , चमार जातिहरुलाई एकताको सुत्राधार राजदेव मोची चमार , समाजका संथापक सुरेन्द्र कुमार महरा , एवमं जिल्लाका बरिष्ठ चमार अगुवा रामेश्वर राम चमार , चमार जातिका नेता रामो महरा , नेपालका मानवअधिकारकर्मी विनोद महरा , प्रधानाध्यापक एवमं बुद्धजिवी मदन कुमार महरा , चमार कल्याण समाज साउदी अरेवियाका संयोजक सुरेन्द्र चमार तथा निवर्तमान महासचिव जगजिवन राम चमार लगाएतले भेलालाई सम्बोधन गरेका थिए ।

उहाहरुले नेपालमा चमार जातिहरुको अधिकारको लडाई चमार कल्याण समाज नेपालले लडिरहेकोले सारा चमार जातिहरुका संगठनहरु यही छाता मुनिमा आउनुको विकल्प नरेको दोर्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु