२०७९ असोज ५ गत बुधवार | September 21, 2022

Bharat Poudel

गृहपृष्ठ चर्चित गजल गायक निशान भट्टराईको मृत्यु

चर्चित गजल गायक निशान भट्टराईको मृत्यु

गायक निशान भट्टराईको सवारी दुर्घटनामा असामयिक निधन भएको छ। दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट मंगलबार राति निवास फर्कने क्रममा भट्टराईले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएकाे थियाे। जसमा भट्टराई गम्भीर घाइते भएका थिए। लगत्तै उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यही उनको मृत्यु भएको थियो।भट्टराई खासगरी गजल गायकको रुपमा चिरपरिचित थिए।धरान स्थायी ठेगाना भएका भट्टराई हाल काठमाण्डौ बस्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु