२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ चर्चित गायक बद्री पंंगेनिका पिताको निधन,मुसिकोटबासिहरु स्तब्ध

चर्चित गायक बद्री पंंगेनिका पिताको निधन,मुसिकोटबासिहरु स्तब्ध

गायक बर्दी पंंगेनिको प्रतीक्षामा बसेका गुल्मी मुसिकोट महोत्सवका दर्शकहरु निराश


गुल्मी मुसिकोट महोत्सबमा माघ२०गते लोकगायक बद्री पंगेनी वामीटक्सारमा आऊने खवरले यस क्षेत्रमा निकै माहोल तातेको थियो।टाढा टाढा बाट बद्रि पंगेनीका मिठा मिठा गित हरू सुन्ने आशा का साथ महोत्सब हेर्ने कार्यक्रम मिलाएका दर्शक हरू निराश बनेका छन।निराश बन्नु परेको अन्य कारण केहि होईन,कारण हो लोकप्रिय गायक बद्री पंगेनीको घरमा भएको दैबिय बज्रपात।आज बिहानै मुसिकोट नगरपालिका आर्थिक संयोजक प्रकाश काफ्लेको ९८५७०६४९३१मा फोनको घन्टि बजिरहयो।फोन बद्रि पंगेनीको रहेछ।खुसि हुदै बद्रि जी वामीटक्सार आईपुग्नु भएछ,आफ्नै निवासमा लिन जानु पर्ला भन्ने लाग्यो,हतार हतार फोन उठाए।तर बद्री जी अल्ली हतास शैलिमा आफु बाग्लुड०को घोंडाबॉधेमा आएको तर आफु सोही स्थान बाट काठमान्डौ फर्किनु पर्ने जानकारी गराऊनु भयो।यो संबादले आफु निकै मर्माहत भएको संयोजक प्रकाश काफ्लेले बताऊनु भयो।’हिजो सॉझ अबेर पनि सम्पर्क गरी आज बिहानै वामीटक्सार आईपुग्ने बद्री जी को बाचा अधुरो रहयो,जोशिलो अभिबादन गर्ने रहर पुरा हुन सकेन’काफ्लेले बताऊनु भयो।बद्रि जि ले संबादको क्रममा ‘बुवा बिरामी हुनु भएको,सायद आफुले भेटन सक्दिन होला’भनेर जानकारी दिनु भयो,स्तब्ध भईयो काफ्लेले बताऊनु भयो।केहि समय पछी पुजनिय पिताको निधन भएको बताईएको छ।काठमाडौको ग्रिनसिटी हस्पिटलमा रास्ट्रिय लोक गायक बद्रि पंगेनीका बुवाको निधन भएको खबरले वामीटक्सार क्षेत्र आज मलिन छ।सबै दर्शक लाई दु:खी बनाएको छ।बद्रि जी समय सन्दर्भमा वामीटक्सार आऊने बाताबरणत पक्कै बन्ला तर स्व बुवा भने….
अल बिदा बुवा,बैकुन्ठमा बास होस!

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु