२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ चर्चित गायक राईले पोर्चुगलमा धमाका मचाए

चर्चित गायक राईले पोर्चुगलमा धमाका मचाए

राजेश पायल राईको गीतमा पोर्चुगलका नेपालीहरु एकछत्र झुमे

बिदेशी भूमि ,हरेक समय कामको चापमा रहदै गर्दा नातागोता र साथीभाइसँग भालाकुसारी गर्न पनि समयको अभाव भैरहने अबस्थामा थकानलाई मुक्त गर्न मानिस उपायको खोजिमा हुन्छ।जब मानिसहरु संगीतको धुन भेटाउछन् तब आनन्द महशुस गर्न थाल्छन् ।गीतको कर्णप्रीय रागमा डुबेपछि सबैले आफ्नो पीडा,दुख बिर्षेर मनोरञ्जनको छालमा दौडिन सुरु गर्छन्।त्यस्तै गहिरो थकान र तनावलाई मत्थर पार्न एक दिन भएपनि संगीतको चौतारी भेटाए पोर्चुगलबासी नेपालीहरुले।त्यो पनि गायन क्षेत्रका बहुचर्चित एवम् होनहार गायक राजेश पायल राई सँग गीतमा भावनाका तरंग साटासाट गर्ने सुबर्ण अबसर।किराँत राई समाज पोर्चुगलको आयोजनामा फेब्रुअरी ९ तारीख गायक राईले भब्य प्रस्तुतिका साथ सयौं दर्शकको माझमा स्टेज तताएका थिए।राईले जतिखेर स्टेजमा गीत गाउन सुरु गरे बालबालिका देखि बुढाबुढिसम्म गीतको तालमा नाचेर मनोरञ्जन लिएका थिए।

प्रेम दिबसको संघारमा गायक राईको सांगीतिक कार्यक्रम पनि हुनु,प्रेम जोडिको लागि पनि सुनौलो अबसर जुट्न पुग्यो।गायक राईले फेरी फेरी नाइ नभन्नु ल,माया बस्यो एकै नजरमा,ए हजुर दर्शन नमस्ते,सागर सरी चोखो माया लगायत दर्जनौ गीतहरु गाएर दर्शकहरुलाई एकछत्र झुमाएका थिए।कार्यक्रम लिस्वनको काइसदो सुद्रेमा रहेको टाईमआउट हलमा भएको थियो भने दर्शकहरू सयौको संख्यामा उपस्थित थिए।खचाखच दर्शकले भरीएको हलले गर्दा कतिपय दर्शक बाहिरै बसेर पनि गीत सुनेका थिए।कार्यक्रममा विभिन्न संघ-सस्थाका प्रमुख,प्रतिनिधि,पत्रकार ,स्थानीय कलाकार साथै स्थानीय पोर्चुगिस दर्शक पनि उपस्थित भएर निकै चासो पुर्वक हेरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु