गृहपृष्ठ चर्चित पाइलट शेर्पालाई जाहाज चलाउन रोक
चर्चित पाइलट शेर्पालाई जाहाज चलाउन रोक

७३ जना यात्रु चढेको बुद्ध एयरको विमानको पाङ्ग्रा नखुल्दा २ घन्टा आकाशमा फन्को मारेर सफल अवतरण गराएर चर्चा बटुलेका पाइलट हुन् आङ्गेलु शेर्पा।
उनी यात्रुको ज्यान जोगाएको भन्दै सामाजिक सञ्जालमा भाइरल छन्। तर, उनलाई विमान चलाउन रोक लगाइएको छ।
विमान दुर्घटनाबाट जोगिएपनि के कति कारणले पाङ्ग्रा नखुलेको हो र पाइलटको भूमिका के कस्तो छ भनी छानविन भइरहेको छ। यसकारण पनि छानविन अवधिभर उनले विमान चलाउन पाउने छैनन्।
नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार छानविन प्रतिवेदनपछि मात्र उनले विमान चलाउन पाउने या नपाउने टुंगो लाग्नेछ। त्यसबीच उनले विमान चलाउन पाउने छैनन्।
११ असोजमा विराटनगरका लागि उडेको ७३ यात्रुसहितको विमान पाङ्ग्रा नखुल्दा आकाशमै होल्ड भएको थियो। तेल सकेर विमान अवतरण गर्न खोजिएकोमा अचानक पाङ्ग्रा खुलेको थियो।
यसैगरी, नेपालको हवाई क्षेत्रमा विमान र हेलिकोप्टरमा समस्या आउन थालेपछि सरकारले छानविन बढाएको छ। यसका लागि कमिटी नै गठन गरेर काम बढाएको हो।