गृहपृष्ठ चर्चित भारतिय अभिनेता अमिताभ बच्चन अस्पतालबाट डिस्चार्ज
चर्चित भारतिय अभिनेता अमिताभ बच्चन अस्पतालबाट डिस्चार्ज

भारतिय चर्चित अभिनेता अमिताभ बच्चन आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन्।झण्डै दुई हप्ता अघि कोरोना पोजेटिभ देखिएपछि नानावती अस्पतालमा भर्ना भएका थिए।
बच्चनलाई कोरोना पोजेटिभ देखिएपछि उनका समर्थक र शुभचिन्तकले चिन्ता जाहेर गरेका थिए।करिब २ हप्ताको उपचारपछि बच्चन कोरोना संक्रमणबाट मुक्त भएका हुन्।
पुनः चेकजाँच गर्दा कोरोना भाइरस नेगेटिभ देखिएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको अस्पताल प्रशासनले एक सूचना मार्फत जानकारी गराएको छ।