Covid-19
City Express

चर्चित मोडल एवम् संचारक्रमी कृष्ण बाबुको असामयिक निधन

नेपालमा एक पछि अर्को कलाकारको मृत्युको खबर श्राबजनिक भैरहेका छन्।

हिजो मात्रै गायक दीपक परियारको निधन भएको थियो भने आज फेरी अर्का कलाकार, चर्चित मोडल एवम् संचारक्रमी कृष्ण बाबु पाण्डेको कार दुर्घटनामा निधन भएको खबर श्राबजनिक भएको छ।

रुपन्देहीको डाईभरटोलमा  शनिबार राति कार दुर्घटना हुँदा उनको मृत्यु भएको हो।गायक नरेश खातिका अनुसार संचारक्रमी पाण्डे बुटवलबाट आफ्नो निजी कारमा घरतर्फ जादै गरेका थिए।

बाटोमा जाने क्रममा उनी सवार कार बिजुलीको पोलमा ठोक्किएर उक्त दुर्घटना भएको बताइएको छ।विगत एक दशकदेखि रुपन्देहीमा रहेर सञ्चार क्षेत्रमा आवद्ध पाण्डे दर्जनौ म्युजिक भिडियोहरुमा अभिनय गरेका थिए।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु