२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ चर्चित लोकगायक प्रकाश दुतराजद्वारा आत्महत्या सम्बन्धि गलत समाचारको खण्डन्

चर्चित लोकगायक प्रकाश दुतराजद्वारा आत्महत्या सम्बन्धि गलत समाचारको खण्डन्

पछिल्लो पुस्ताका चर्चित लोकगायक प्रकाश दूतराजले गलत समाचार आएको भनी खण्डन गरेका छन्।अस्ट्रेलियामा आत्महत्या प्रयास गरेको खबरले सोमवार नेपाली सांगीतिक बजार र उनका फ्यान एवं शुभचिन्तकहरुमा निकै हल्लाखल्ला मच्चियो। सांगीतिक कार्यक्रमको सिलसिलामा अस्ट्रेलियाको ब्रिसबेन पुगेका दुतराजले आफू बसेको फ्ल्याटमा आत्महत्या प्रयास गरेको खबर फैलिएको थियो।

यस विषयमा गायक दुतराजले प्रतिक्रिया दिएका छन् । सोमवार नेपाली समयअनुसार रातको १२ बजे फेसबुकमा स्टाटस् लेख्दै उनले समाचारहरू पढ्दा आफूलाई असहज महसुस भएको बताएका छन्। ‘कहिले अँध्यारो बन्द कोठाभित्र घण्टौसम्म आफैलाई थुनिदिन्छु। हजारौं कोशिश गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन। यसलाई रोग भनु या मेरो विशेषता। यही कारण पनि म आफुले आफैलाई दुखी बनाउँछु,’ उनले लेखेका छन्, ‘धेरै समाचारहरु हेरेँ, पढे। अलिक अप्ठ्यारो असजिलो महसुस गरँ। म केही छिन हराउँनु म मर्नु हैन नि !’

उनले समाचारहरु सार्वजनिक भएपछि बोली मधुरो पार्दै आमाले फोन गरेको समेत स्टाटस्मा उल्लेख गर्दै अगाडि भनेका छन्, ‘माया गर्नेहरूको आँशुले सराप्छ । कसरी मार्न सक्थे र यो शरीरलाई !’ गलत बुझाई तथा सूचनाको आधारमा समाचारहरू बन्न गएको उनको स्टाटसको आशय छ।

उनले यसबाट आफूलाई माया गर्नुका साथै आशिर्वाद दिने सम्पूर्णमा पर्न गएको असरप्रति क्षमा समेत मागेका छन्। कार्यक्रम आयोजक संस्था म्याग्दी सेवा समाजका अध्यक्ष रमेश रोकाले पनि प्रकाश दुतराज आफूसँगै रहेर आगामी सांगीतक प्रस्तुतिको तयारी गरिरहेको बताइसकेका छन्।

गायक दुतराज केही साताअघि गायिका भूमिका गिरीसहित सांगीतिक कार्यक्रमको लागि अस्ट्रेलिया पुगेका थिए। अस्ट्रेलियामा उनीहरूले विभिन्न ठाउँमा आयोजित सांगीतिक कार्यक्रममा प्रस्तुति दिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु