२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ चर्चित व्यापारीक केन्द्र बुटवलमा विवान फार्मेसी संचालनमा,यस्ता छन् -सेवा,सुबिधाहरु

चर्चित व्यापारीक केन्द्र बुटवलमा विवान फार्मेसी संचालनमा,यस्ता छन् -सेवा,सुबिधाहरु

पश्चिम् नेपालको ब्यापारीक केन्द्र बुटवलमा विवान फार्मेसीले औपचारिकरुपमा सेवा दिन प्रारम्भ गरेको छ।आज एक कार्यक्रमका बीचमा फार्मेसीको उद्धघाटन गरिएको हो।

देवीनगरको होराइजन चोक प्रभातपथमा रहेको उक्त फार्मेसीले आजदेखी सेवा संचालन गरेको हो।शैक्षिक क्षेत्रमा ख्याति प्राप्त दिपक ढकालको उक्त फार्मेसीमा स्वामित्व रहेको छ।

फार्मेसीमा सम्पूर्ण प्रकारका औषधी एवं ल्याव सेवा उलब्ध गराइएको म्यानेजिङ्ग डाइरेक्टर ढकालले बताए। हाललाइ २ जना डाक्टर र एक जना फार्मासिस्ट,एक असिस्टेन्ट फार्मासिस्ट एक जना ल्याव टेक्निसियन सहित गुणस्तरीय सेवा प्रदान गरिने उनले बताए।

उनले भने–‘हाडजोर्नी,नसा,बाथ, मेरुदण्ड,युरिक एसिडका बिशेषज्ञ डाक्टर सुनिक कुमार चौधरी र अर्का आयुर्बेद बिशेषज्ञ डा डिके धितालले सेवा दिनेछन्।’

करिब १५ लाख लगानीमा संचालनमा ल्याइएको फार्मेसीमा स्त्री रोग बिशेषज्ञ,हाडजोर्नी,मुटुुरोग,फिजिसियन डा रहने उनले बताए।

आवश्यकताका आधारमा फार्मेसीले अनलाईन डेलिभरी सेवा समेत शुरु गर्ने योजना रहेको रजिस्टर फार्मसिस्ट शुभेन्द्र प्रसाद यादवले जानकारी दिए।

सेवा शुभारम्भका अवसरमा फार्मेसीले निशुल्क मधुमेह शिविर संचालन गरेको छ भने अन्य सेवामा ४० प्रतिशत छुट सुविधा दिएको छ।विभिन्न सेवासहित खुलेको यस फार्मेसीमा सेवाग्राहीले भरपुर लाभ लिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु