Covid-19
City Express

चर्चित सर्जक शिव अखेलीको शब्दमा सुर्य खड्काको मनै लोभ्याउने गीत नैना रेशम सर्बत्र बजारमा

नैना रेशम शब्दले पार्ने भयो मायाजालमा

गायक सुर्य खड्का आम लोकदोहोरी पारखिका लोकप्रिय गायक अर्को तर्फ शब्द श्रीजनामा माहिर सर्जक शिव अखेली।दुबैको सहकार्यमा सदाबाहार मनै छुने गीतको साभार भैरहेको छ।केही घण्टा मात्र अघाडी बजारमा श्राबजनिक भएको यस गीतमा हजारौं दर्शक -श्रोता झुम्मिने क्रम जारी छ।निकै मौलिक एवम् समसामयिक शब्दमा तयार गरिएको यस गीतले केटा र केटीको प्रेमलाई कलात्मक तवरबाट उतार्न खोजेको छ।सर्जक अखेलिकै शब्द श्रीजनामा गायक खड्काको समधुर आबाज रहेको छ भने गायिका तर्फ दुर्गा सापकोटाको स्वर लिपिबद्ध गरिएको छ।

गीतमा संगीत भने स्वयं गायक खड्कालेनै दिएका छन्।हे नैना तिमी जस्ती राम्री त कोहि छैन भनेर गायक खड्काले गायिका दुर्गा सापकोटालाई सुरुवातमै मन लोभ्याउन खोज्छन् भने उता गायिका सापकोटाले हे रेशम यसै ठिक छु भो दुख नबिसाउ भनेर जबाफ फर्काउछिन्।यस्तै -यस्तै मनोरम शब्दले गीतलाई आकर्षक बनाएको देखिन्छ।काजिश श्रेष्ठको निर्देशनमा पछिल्लो पुस्ताका चर्चित कलाकारहरु सागर लम्साल(बले),प्रीन्सी खतिवडा र प्रीस्मा खतिवडाको अभिनयले गीतलाई थप मनोमहक बनाएको छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु