२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ चाडपर्वको अवसरमा धेरै दुषित खाना र अधिक चिसो पेय पदार्थ नखान सरकारको आग्रह

चाडपर्वको अवसरमा धेरै दुषित खाना र अधिक चिसो पेय पदार्थ नखान सरकारको आग्रह

चाडपर्वको समयमा बासी, सडेगलेका खानेकुरा र रक्सी सेवन नगर्न नेपाल सरकारले आग्रह गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्वको समयमा त्यस्ता खाना नखान र स्वस्थ रहन सर्वसाधारणलाई सूचित गरेको हो।

मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले माछामासुलगायत खानेकुरा राम्रोसँग पकाएर मात्र खान र पकाएका खानेकुरालाई छोपेर राख्न पनि सूचनामार्फत् आग्रह गरेको छ।

चिल्लो एवम् बोसोयुक्त, गुलियो, चिसो पेयपदार्थ तथा नुन कम खान सुझाव दिँदै भनिएको छ, ‘पोषिलो, ताजा तथा स्वस्थ खानेकुरा, हरिया सागपात फलफूल, दाल तथा गेडागुडी, पशुपन्छीजन्य तथा दूधजन्य खानेकुरामा जोड दिऔं।’

मदिरा सेवन नगर्न र दशैँलगायत चाडबाड मनाउँदा कोभिड –१९ विरुद्धका जनस्वास्थ्यका मापदण्ड पालन गर्न एवम् डेंगु रोगबाट बच्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु