२०८० जेठ २० गत शनिवार | June 03, 2023

गृहपृष्ठ चिनियाँ उच्चस्तरीय टोली काठमाडौंमा,महत्वपूर्ण भेटघाट हुने

चिनियाँ उच्चस्तरीय टोली काठमाडौंमा,महत्वपूर्ण भेटघाट हुने

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली काठमाडौं आएका छन्।

उपमन्त्रीसहित चार सदस्यीय टोली आइतबार मध्यान्ह त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विवाद उत्कर्षमा पुगेको बेला भएको चिनियाँ टोलीको भ्रमणलाई चासोका साथ हेरिएको छ।

चार सदस्यीय चिनियाँ टोलीले नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग सोमबार बिहान भेटघाट गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु