गृहपृष्ठ चीन ,रुस लगायतका देशको कोरोना खोप नेपालमा दर्ताको तयारी
चीन ,रुस लगायतका देशको कोरोना खोप नेपालमा दर्ताको तयारी

औषधि व्यवस्था विभागमा कोरोना भाइरस विरुद्धको खोप उत्पादन गरिरहेका तीन देशका कम्पनीले खोप दर्ताका लागि तयारी अघि बढाइएको छ।
भारत, चीन र रुसका कम्पनीले विकास गरेका कोभिडविरुद्धका खोप नेपालमा दर्ता गर्न निवेदन आइसकेको विभागले जानकारी दिएको छ। ती निवेदमाथि अध्ययन भइरहेको विभागको भनाइ छ।
विभागका अनुसार एक कम्पनीको दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने दुई देशका कम्पनीसँग थप कागजात माग गरिएको छ।
औषधि व्यवस्था विभागमा चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको खोप दर्ताका लागि प्रक्रिया अन्तिम चरणमा पुगेको हो। ‘कम्पनीले सबै डकुमेन्ट बुझाइसकेको छ।
तेस्रो चरणको क्लिनिकल ट्रायलको डकुमेन्ट मागेका छौँ। छिट्टै आउँछ होला,’ विभाग स्रोतले नेपाल लाइभसँग भन्यो।