२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ चौतारी इभेन्ट्स फिनल्यान्डले गायिका रिता केसीको साथमा फिनल्यान्डबासी नेपालीलाई छमछमी नचाउने

चौतारी इभेन्ट्स फिनल्यान्डले गायिका रिता केसीको साथमा फिनल्यान्डबासी नेपालीलाई छमछमी नचाउने

चौतारी इभेन्ट्स फिनल्यान्डले गायिका रिता केसीको साथमा फिनल्यान्डबासी नेपालीलाई छमछमी नचाउने भएको छ।

कार्यक्रम सेप्टेम्बर ३ तारीखमा फिनल्यान्डको हेलसिन्कीमा हुन लागेको हो।लोकप्रिय गायिका केसीले उक्त दिन आफ्ना विभिन्न प्रस्तुतिहरु मार्फत दर्शकहरुलाई मनोरञ्जन दिने बताइएको छ।

गायिका केसीको आगमनको खबरले फिनल्यान्डबासी नेपालीहरु हर्षित भएका छन्। कार्यक्रम आयोजक मुरारी भण्डारी र बिष्णु अर्यालका अनुसार त्यहाँ रहेका नेपालीहरुलाई सुपथ मुल्यमा मनोरञ्जन प्रदान गर्न चौतारी इभेन्ट्स अथक प्रयासमा छ।

नेपालबाट फिनल्यान्ड घुम्न आएका बुबाआमा ,वृद्धबृद्धा र सहयोगदाताहरुलाई समेत नि:शुल्क प्रवेशको व्यवस्था रहेको भण्डारी र अर्यालले जानकारी दिएका छन्।

कार्यक्रममा प्रवेशका लागि टिकटको मूल्य ५ युरो राखिएको छ भने आगामी दिनमा चौतारी इभेन्ट्सले गर्ने हरेक कार्यक्रमका लागि इपास्सीबाट सहज टिकट पाइने आयोजकले बताएका छन्।

गायिका रीता केसी

आगामी दिनमा यस्तै मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्दै जाने चौतारी इभेन्ट्स फिनल्यान्डले जनाएको छ।
नमूना नेपाल परिवारको तर्फबाट कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दछौं।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु