२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ चौतारी इभेन्ट्स फिनल्यान्डले आयोजना गरेको सांगितिक कार्यक्रम भब्यरुपमा सम्पन्न,गायिका केसीको गीतमा दर्शकहरु छमछमी नाचे

चौतारी इभेन्ट्स फिनल्यान्डले आयोजना गरेको सांगितिक कार्यक्रम भब्यरुपमा सम्पन्न,गायिका केसीको गीतमा दर्शकहरु छमछमी नाचे

फिनल्यान्डबासी नेपालीमाझ लोकप्रिय सस्थाको रुपमा स्थापित चौतारी इभेन्ट्स फिनल्यान्डले आयोजना गरेको सांगीतिक कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ।

फिनल्यान्डको राजधानी हेलसिन्कीमा आयोजित सो कार्यक्रममा गायिका रीता केसीले उपस्थित नेपालीहरुलाई छमछमी नचाएकी थिइन्।

गायिका केसीका गीतहरूमा दर्शकहरू एकछत्र झुमेका थिए।सस्थाले सो कार्यक्रममा नेपालबाट आएका बृद्धबृद्धालाई सम्मान समेत गरेको थियो।

कार्यक्रम आयोजक मुरारी भन्डारी र बिष्णु अर्यालका अनुसार कार्यक्रममा दर्शकहरूको बाक्लो उपस्थितिले सांगितीक साझ निकै मनोमहोक बनेको थियो।

सो कार्यक्रममा स्थानीय कलाकारले पनि मजदार प्रस्तुति दिएका थिए।भण्डारी र अर्यालले कार्यक्रम सम्पन्न गर्न सहयोग पुर्याउने विभिन्न संघ-सस्था,प्रतिनिधि ,प्राविधिक टिम लगायत सम्पूर्णलाई एक सूचना मार्फत विशेष धन्यवाद दिएका छन्।

आगामी दिनमा पनि यस्तै मनोरञ्जनात्मक एवं सृजनात्मक कार्यहरु गर्दै जाने चौतारी इभेन्ट्स फिनल्यान्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु