गृहपृष्ठ चौतारी इभेन्ट्स फिनल्यान्डले आयोजना गरेको तीज विशेष कार्यक्रम भब्यरुपमा सम्पन्न
चौतारी इभेन्ट्स फिनल्यान्डले आयोजना गरेको तीज विशेष कार्यक्रम भब्यरुपमा सम्पन्न

फिनल्यान्डबासी नेपालीमाझ चिरपरिचित सस्था चौतारी इभेन्ट्स फिनल्यान्डले आयोजना गरेको तीज विशेष कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ।
फिनल्यान्डको राजधानी हेलसिन्कीमा आयोजित सो कार्यक्रममा उपस्थित नेपालीहरु मौलिक तीजका भाकामा छमछमी नाचेका थिए।
कार्यक्रममा विदेशीहरु पनि सहभागी भएर नेपाली तीजका भाकामा एकछत्र झुमेका थिए भने निकै उत्साहपुर्वक कार्यक्रममा सहभागीता जनाएका थिए।
कार्यक्रम आयोजक मुरारी भन्डारी र बिष्णु अर्यालका अनुसार कार्यक्रममा दर्शकहरूको बाक्लो उपस्थितिले सांगितीक कार्यक्रम निकै मनोमहोक बनेको थियो।
सो कार्यक्रममा स्थानीय कलाकारले पनि मजदार प्रस्तुति दिएका थिए।भण्डारी र अर्यालले कार्यक्रम सम्पन्न गर्न सहयोग पुर्याउने विभिन्न संघ-सस्था,प्रतिनिधि ,प्राविधिक टिम लगायत सम्पूर्णलाई एक सूचना मार्फत विशेष धन्यवाद दिएका छन्।
आगामी दिनमा पनि यस्तै मनोरञ्जनात्मक एवं सृजनात्मक कार्यहरु गर्दै जाने चौतारी इभेन्ट्स फिनल्यान्डले जनाएको छ।