२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ चौतारी इभेन्ट्स फिनल्यान्डले आयोजना गरेको दशै धमाका सांगीतिक साझ भब्यरुपमा सम्पन्न

चौतारी इभेन्ट्स फिनल्यान्डले आयोजना गरेको दशै धमाका सांगीतिक साझ भब्यरुपमा सम्पन्न

चौतारी इभेन्ट्स फिनल्यान्डले आयोजना गरेको दशै धमाका सांगीतीक साझ भब्यरुपमा सम्पन्न भएको छ।

फिनल्यान्डको राजधानी हेल्सिन्किमा नेपालका चर्चित कलाकारको साथमा कार्यक्रम सम्पन्न भएको थियो।

सो कार्यक्रममा नेपालका लोकप्रिय गायिका मल्लिका कार्की र सुप्रसिद्ध गायक तुलसी शीवाकोटीले विभिन्न प्रस्तुति दिएका थिए।गायिका कार्कीले गीत गाउदै ,नाच्दै , उपस्थित दर्शकलाई झुमाएकी थिइन्।त्यसैगरी गायक शीवाकोटीले पनि समधुर स्वरमा दर्शकहरूलाई नचाएका थिए।

त्यस्तै स्थानीय कलाकारहरु प्रवीण खरेल,विनिता लामिछाने ,अतीत आचार्यको प्रस्तुतिले कार्यक्रम थप रोचक बनेको थियो।कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघ -सस्था,व्यवसायी,पत्रकार तथा सम्पूर्ण फिनल्यान्डबासी नेपालीहरूलाई आयोजकले एक सूचना मार्फत आभार व्यक्त गरेका छन्।

आगामी दिन पनि यस्तै रचनात्मक एवं सृजनात्मक कार्य गर्दै जाने चौतारी इभेन्ट्सका संचालक द्वोय मुरारी भण्डारी र विष्णु अर्यालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु