गृहपृष्ठ चौतारी इभेन्ट्स फिनल्यान्डको आयोजनामा वडादशै विशेष सांगीतीक धमाका हुने,साथमा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने
चौतारी इभेन्ट्स फिनल्यान्डको आयोजनामा वडादशै विशेष सांगीतीक धमाका हुने,साथमा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने

चौतारी इभेन्ट्स यो नाम हो पछिल्लो समय फिनल्यान्डको नेपाली समुदायमा नेपाली कलालाई उत्थान गर्ने सामाजिक सस्था।विगत केहीसमय अघिदेखि नेपालका चर्चित एवं लोकप्रिय कलाकारको साथमा सांस्कृतिक,बेजोड कलात्मक धमाका गर्दै आइरहेको छ।
यसपटक पनि नेपालीहरुको महानचाड वडादशैको अवसर पारेर सो सस्थाले दशै धमाका सांगीतिक साझको आयोजना गर्ने भएको छ।नेपालका चर्चित कलाकार गायिका मल्लिका कार्की र गायक तुल्सी सिवाकोटीको साथमा विशेष सागीतीक सांझ हुने चौतारी इभेन्ट्सका संचालकद्वोय मुरारी भण्डारी र बिष्णु अर्यालले जानकारी दिए।
उक्त कार्यक्रम आगामी १५ तारीख आइतबार फिनल्यान्डको हेल्सिन्किम मा हुने जनाइएको छ।सोही कार्यक्रममा स्थानीय कलाकार प्रवीण खरेल,बिनिता लामिछाने र अतीत आचार्य लगायतको बेजोड प्रस्तुतिले उपस्थित दर्शकलाई विशेष मनोरञ्जन प्रदान हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा सम्पूर्ण फिनल्यान्डबासी नेपालीहरुलाई उपस्थित हुने सो सस्थाले अनुरोध पनि गरेको छ।नमूना नेपाल परिवारको तर्फबाट कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दछौं।