२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ जनता टेलिभिजनका पत्रकारलाई धम्की,कार्वाही गर्न महासंघको माग

जनता टेलिभिजनका पत्रकारलाई धम्की,कार्वाही गर्न महासंघको माग

नेपाल पत्रकार महासंघले सामाजिक अभियन्ता बताउने ज्ञानेन्द्र शाहीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ।

समाचार प्रसारण भएको विषयलाई लिएर जनता टेलिभिजनमा कार्यरत पत्रकारद्वय शिखा श्रेष्ठ र धिरज बस्नेतलाई शाहीले टेलिफोनबाट अपशब्द प्रयोग गर्दै धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघले उनलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको हो।

महासंघका महासचिव रोशन पुरीले बुधबार एक विज्ञप्ति जारी गर्दै पत्रकारद्वयको जीवनरक्षाको लागि पनि माग गरेका छन्। ‘केही दिनअघि सुर्खेतमा ज्ञानेन्द्र शाहीमाथि कुटपिट भएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘सोही विषयमा जेठ ३१ गते सोमबार जनता टेलिभिजनको ‘वाइलाइन’ कार्यक्रम अर्न्तर्गत समाचार सामग्री प्रसारण भएपछि निज शाहीले असार १ गते पत्रकार श्रेष्ठलाई फोन गरी आफू र कार्यक्रमका प्रस्तोता बस्नेतलाई पनि अपशब्द प्रयोग गर्दै धम्क्याएको पीडित पत्रकारले महासंघमा जानकारी गराउनु भएको छ।’

महासंघको विज्ञप्तिमा भनिएको छ, ‘प्रसारित समाचार सामग्रीप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचार खोजिनुपर्नेमा पत्रकारलाई यस किसिमले धम्क्याएको घटना आपत्तिजनक र प्रेस स्वतन्त्रताविरोधी काम हो। महासंघ घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र पत्रकारको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायसँग माग गर्दछ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु