Covid-19
City Express

जनता समाजवादी निर्वाचन आयोगमा दर्ता,दुई केन्द्रीय अध्यक्ष रहने

काठमाडौं, २५ जेठ । लामो रस्साकसीपछि जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता भई बनेको उक्त दल आइतबार साँझ निर्वाचन आयोगमा दर्ता भएको हो।

जनता समाजवादी पार्टीको दर्ता नम्बर १३९२ रहेको छ।बबरमहलस्थित राजपाको केन्द्रीय कार्यालयमा आइतबार साँझसम्म भएको छलफलपछि उक्त पार्टीका शीर्ष नेताहरू पार्टी दर्ता गर्न आयोग कार्यालय कान्तिपथ पुगेका थिए।

३ वोटा अध्यक्ष रहने गरी भएको सहमति निर्वाचन आयोग नपुग्दै बिचमै बिथोलिएको थियो।संघिय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई र दुई केन्द्रिय अध्यक्ष क्रमश महन्थ ठाकुर र उपेन्द्र यादव रहने उल्लेख थियो।यद्यपि पछिल्लो समय डाक्टर बाबुराम भट्टराईको नाम काटेर दुई जना अध्यक्षको मात्र नाम राखिएको छ ।भट्टराईको नाम भने अशोक राई पछि वरिष्ठ नेतामा समेटिएको छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु