गृहपृष्ठ जनप्रगतिशील मंच साइप्रस बैठकका यस्ता छन् निर्णय
जनप्रगतिशील मंच साइप्रस बैठकका यस्ता छन् निर्णय

नेपाली जनप्रगतिशील मंच साइप्रसको बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गरेको विवरण प्राप्त भएको छ।
मंचकी अध्यक्ष रमिला राईका अनुसार भर्चुअल रूपमा नोभेम्बर २० मा बसेको बैठक सदस्यता नवीकरणलाई पहिलो प्राथमिकतामा राखेको छ।
समयमा नै सदस्य नवीकरण नगर्ने र लेवी नबुझाउनेहरुले अधिवेशनको प्रक्रियामा भाग लिन नपाउने र सदस्यता पनि खारेज हुने जनाइएको छ।
यसैगरी जनप्रगतिशील मंच साइप्रस राष्ट्रिय समितिको प्रथम अधिवेशन आगामी डिसेम्बर ५ तारिख निकोसियामा भौतिक रूपमा आयोजना गर्ने निर्णय भएको अध्यक्ष राईले बताइन्।
अधिवेशन व्यवस्थापनको लागि अध्यक्ष रमिला राईको संयोजकत्वमा समितिका अन्य सदस्यहरु रहने गरी आयोजक समिति गठन गरिएको जनाइएको छ।